स्कुले विद्यार्थीलाई नेपाली सेनाको सैन्य तालिम

स्कुले विद्यार्थीलाई नेपाली सेनाको सैन्य तालिम


भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने भन्दै नेपाली सेनाले स्कुले विद्यार्थीहरुमा सैन्य तालिम सञ्चालन गरेको छ । राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ।
राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ ।

नेपाली सेना तथा प्रहरीमा अध्ययन पश्चात् जागिरको सम्भावना देखेर विद्यार्थी आकर्षण सेवा दलमा पुगेको अभिभावकहरु बताउँछन् । एक सय दिनसम्म सञ्चालन हुने यो तालिमले विद्यार्थीको भौतिक र बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण देखिएको हो ।

जिल्लामा रहेको गोरखदल गणले जनता माध्यमिक विद्यालय र बेथल स्कुलका ३६-३६ जना विद्यार्थीहरुलाई तालिम सञ्चालन गरिरहेको छ । राष्ट्रिय सेवा दल तालिममा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागि रहेको जनता विद्यालयका शिक्षक संयोजक पदमराज पौड्यालले बताए ।

दैनिक नियमित कक्षाका अतिरिक्त ४ बजेदेखी ५ः३० बजेसम्म तालिम हुने भएकाले नियमित कक्षामा कुनै असर नपर्ने पौड्याल बताउँछन् । तालिम जिल्लामा ७९ दिन र नेशनल क्याम्पमा २१ दिन हुने उनले बताए । विद्यार्थीमा अनुशासन, नेतृत्व विकास, वफादारिता, राष्ट्रिय एकताको भाव पैदा गर्दै स्वयम्सेवक दस्ता उत्पादन गर्ने यसको लक्ष्य रहेकोे सेनाका तालिम अधिकृतले बताए ।

बेथल स्कुलका प्राधानाध्यापक खेमबहादुर सारुले हरेक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिईने बताए । उनी भन्छन्, ‘सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ ।’ विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी तालिम व्यवस्थापन हुन्छ ।