मुलुकका अतिविशिष्ट व्यक्तिको सुरक्षाका लागि जुडो तालिम आज भदौं २३ गते शुक्रवारदेखि शुरु भएको छ । उक्त तालिम श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशालय जुडो क्लबमा हुँदैछ ।
तालिममा विभिन्न १५ गणबाट छनोट गरिएका ३० जना सहभागी रहेका छन् । उनीहरुलाई आर्मीका जुडो प्रशिक्षक कविराज घमले तालिम दिने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासेनानी विष्णुकुमार खड्काले तालिमको संयुक्त उद्घाटन गरे ।
प्रतिक्रिया