Breaking News : भारत-उत्तरप्रदेशमा केही बेरअघि सात नेपालीको मृत्यु

Breaking News : भारत-उत्तरप्रदेशमा केही बेरअघि सात नेपालीको मृत्यु


भारतको उत्तरप्रदेशमा केही बेरअघि भएको सडक दुर्घटनामा सात नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ ।

महाराजगन्ज पुरन्दपुर, गोरखपुर रोडमा ट्याङ्कर र कार एकआपसमा ठोकिँदा ७ जना नेपालीको ज्यान गएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँनजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको हो ।

सुनौलीबाट गोरखपुर जाँदै गरेको ट्यांकर र सुनौलीतर्फ आउँदै गरेको कार एकआपसमा ठोक्किँदा कारमा सवार सातै यात्रीको ज्यान गएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।

मृतकको पहिचान अहिलेसम्म नखुलेको स्थानीय प्रहरीले बताएका छन् । दुर्घटनामा परि मृत्यु हुने नेपाली कुन–ठाउँका हुन् र कोको हुन् भन्ने खुलेको छैन ।

स्थानीय पत्रकार आलोक जोशीका अनुसार कार र ट्यांकर ठोकिँदा कारको पुरै भाग दबेको र खोलामा खसेको थियो ।

मृत्यु हुने नेपालीको कसैको शिर छिनेको र कसैको हातखुट्टा छिनेको छ । सडकसँग जोडिएको खोलाबाट सबै मृतकको शव झिकेर उत्तर प्रदेश पुलिसले थप अनुसन्धान गरिरहेको बुचिmएको छ ।

मृतक नेपालीहरुमा दुइ बच्चा, एक महिला र पाँच पुरुष रहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म नेपालीको बारेमा केही जानकारी मिलेको छैन