परिवर्तनले पतनतर्फ धकेल्नु आठौँ आर्श्चर्य

परिवर्तनले पतनतर्फ धकेल्नु आठौँ आर्श्चर्य


-एस. शाह
पारिवारिक र सामाजिक मान्यताले निर्दिष्ट गरेको सीमा र शैलीका आधारमा नै पुरुष व्यक्तिले आफ्नो दिदी-बहिनी, भाउजू, आमा, काकी, भाञ्जी र महिला सहकर्मीप्रति देखाइरहेको माया-ममता शीलता र अश्लीलताको श्रेणीमा पर्न गएको हुन्छ । अर्को अर्थमा त्यो आचार र व्यभिचारको रूपमा देखा परिरहेको हुन्छ । मानव भनेको देवताभन्दा तलको र पशुभन्दा केही कदम माथिको प्राणी हो भनेर जर्मन दार्शनिक नित्सेले बौद्धिक दूरीका आधारमा श्रेणी विभाजन गरेझैं मानवताको स्थानबाट केही कदम माथि उक्लँदाखेरि देवता कहलिने र केही कदम तल ओर्लंदाखेरि त्यही मानिस पशुको श्रेणीमा पर्न गएको हुन्छ रे । पृथ्वीमा भएका प्राणीहरूको निम्ति निश्चित दूरी र सन्तुलनको कति ठूलो महत्त्व छ भन्ने कुरा, र्सर्ूय, चन्द्रमा र पृथ्वीको सन्तुलित दूरीको योगदानबाट पनि बुझन सकिन्छ । नेपालका नेता र पार्टीहरूको विदेशी मित्रहरूसँगको सीमा नाघेर भोग्या र भोक्ताको सीमामा प्रवेश गरिसकेको छ । अर्को अर्थमा भन्ने हो भने मित्रता र अटुट निकटता व्यभिचार र दुराचारमा परिणत भइसकेको छ । माओवादीहरूको अहिलेको विलाप र विलौना कौमार्य लुटाएर पनि धर्मपत्नीको रूपमा स्वीकार नगरिएकी युवतीकै जस्तो बन्न गएको छ । दिल्लीको वेश्यालयमामा कौमार्य लुटाउनुको बाबजुद पनि अस्वीकार्य बन्न गएको माओवादी पार्टीको उद्धार गर्नका निम्ति नेपाली जनताले अनुराधा कोइरालाको जस्तो भूमिका निभाउनुपर्ने नैतिक दायित्व थपिएको छ । बिनाअपराधमा अस्वीकृत र बहिष्कृत हुन गएका मानवजातिका सदस्यहरूलाई सहानुभूतिपर्ूवक संरक्षण दिने मदर टेरेसा र अनुराधा कोइरालाले झैं नेपाली जनताले पनि विस्तारवाद र साम्राज्यवादले अस्वीकार गरेका नेता र पार्टीहरूलाई सम्मानजनक स्थान र ममता दिन सक्नर्ुपर्दछ । किनकि षड्यन्त्रको परिपञ्चमा पारेर वेश्यालयमा प्रवेश गराइदिनुको बाबजुद पनि यौन-व्यवसायी वेश्या बन्न सहमत नहुने महिला नै प्राय: वेश्यालयद्वारा निष्कासित र दण्डित भएका हुन्छन् ।
वेश्यालयले दिएको दण्ड, अपमान र यातनालाई नै नेपाली समाजले इमानदारी र स्वाभिमानको प्रमाणका रूपा बुझन सक्नर्ुपर्दछ । नेपालका नेता र पार्टीहरूलाई विस्तारवाद र साम्राज्यवादले दिएको सम्मान, सहयोग, संरक्षण र प्रशंसा भनेको वेश्यालयले वेश्यालाई दिएको प्रशंसापत्र मात्र हो । यही निष्कर्षमा आधारित दृष्टिकोणका आधारमा म चुनाव जित्ने नेतालाई भन्दा चुनाव हार्नेलाई इमानदार नेता मान्दछु र विदेशीद्वारा समर्थित नेतालाई भन्दा निषेधित नेतालाई देशभक्त मान्दछु । किनकि साम्राज्यवादी र विस्तारवादी प्रशिक्षण केन्द्रको प्रशंसापत्र नपाएका बीपी कोइराला निष्कासित भए, मदन भण्डारी मारिए, जीवित सहिद स्व. टंकप्रसाद आचार्य र मरिचमानसिंह निषेधित भए । डा. केआई सिंह डाँका घोषित भए, तर विस्तारवादको प्रशंसापत्र पाएका र्सर्ूयबहादुर थापा, गिरिजाप्रसाद कोइराला, पशुपतिशमशेर, माधव नेपाल, केपी ओली, कृष्णप्रसाद सिटौला र डा. बाबुराम भट्टर्राई भारतीय सञ्चारमाध्यमबाट कहिल्यै आलोचित भएका छैनन् । प्रत्येक राजनीतिक पार्टीको माध्यमबाट विदेशीद्वारा निषेधित र अस्वीकृत हुन गएका कर्मठ नेताहरूको सङ्ख्या प्रत्येक पार्टीमा अनगिन्ती लछ । वाण चलाउनका निम्ति धनुषको प्रत्यञ्चाको भूमिकामाथि निर्भर नभएर वाण चलाउनेको हस्तकौशलमा निर्भर रहेको हुन्छ । पार्टी सङ्गठनहरू अर्काको काम गरिदिनका निम्ति प्रवेश गरेका घूसपैठियाहरूलाई एकत्रित गरिदिन साझा थलो वा साझा मञ्च मात्र सावित भएका छन् । विभिन्न देशका निम्ति काम गरिदिने उद्देश्य भएका घूसपैठियाहरूलाई रोक्न सकियोस् भनेर एकढोके बनाइएको पञ्चायती व्यवस्थाले पनि उनीहरूलाई रोक्न र चिन्न सकेन ।
घूसपैठियाहरूले पञ्चायतको एउटै ढोका -प्रवेशमार्ग) लाई पनि पर्याप्त ठानिदिए भने वास्तविक प्रजातन्त्रवादीहरूले पर्याप्त मान्न सकेनन् । घूसपैठियाहरूलाई समयमै पहिचान्न र रोक्नमा आफू पनि असफल भएको कुरा स्व. बीपी कोइरालाले पनि आफ्नो आत्मसंस्मरणमा स्वीकार गर्नुभएको छ । जस्तोसुकै पीडित र उपेक्षित व्यक्तिले पनि प्रजातन्त्र र प्रजातन्त्रवादीको विरोध गर्न नचाहने र नसक्ने भएको हुनाले घूसपैठिया जासुसहरूले सबैभन्दा राम्रो सुरक्षित र कम शङ्कास्पद स्थानको रूपमा प्रजातन्त्रलाई रोज्नु पनि स्वाभाविक हो । इराकी, कस्मिरी र अफगान जनतालाई दुश्मन ठान्नुपर्ने कुनै कारण नहुँदानहुँदै पनि भारत र बेलायतको तर्फबाट विभिन्न मोर्चामाट लडिरहेका नेपाली मूलका सैनिकहरू आफ्नो इच्छाले न त युद्ध त्याग्न सक्दछन् न त मित्रता, एकता र सम्झौता गर्न सक्दछन्, किनकि ती सैनिकहरूलाई आफ्नै विचारअनुसार लड्न पाउने र मित्रता गर्न पाउने अधिकार नै दिइएको छैन । आफ्नै निष्कर्षका आधारमा मात्र लड्न र मिल्न पाउने अधिकार नभएका नेपाली मूलका विदेशी सेना र हाम्रो नेताहरूको अवस्थामा कुनै भिन्नता देखिएको छैन ।
समाधानमूलक परिणाम प्राप्त हुन नसक्ने सम्भावना देख्दादेख्दै पनि प्रधानमन्त्रीको चुनाव एक्लै लडिरहेका नेता रामचन्द्र पौडेललाई आफ्नो स्वेच्छाले उम्मेदवारी फिर्ता लिन पाउने अधिकार नभएको कारणले नै पराजयलाई दोहोर्‍याइरहनुपरेको हुन सक्दछ । नत्रभने पराजयलाई दोहोर्‍याइरहने चाहना त शुभेच्छुक जनता, पार्टी, सङ्गठन र उम्मेदवार स्वयम्को पनि हुन सक्ने कुरा होइन । विदेशी शक्तिले हराउन, कमजोर बनाउन र समाप्त पार्न चाहेको स्वदेशी राजनीतिक शक्तिलाई विदेशीको वफादार सिपाहीको रूपमा विदेशीकै तर्फबाट लडेर हराइदिन र समाप्त पारिदिन इच्छुक बन्ने नेपाली नेताहरूको मानसिक रोग, अविवेक, कुमति, लोभ-मोह र महत्त्वाकाङ्क्षाले नै विदेशीलाई खेलाडी र नेपालीलाई खेलौना बनाइदिएको छ । नेपालका नेताहरूले आफ्नो हैसियतलाई कति तलको स्तरमा पुर्‍याएका छन् र एउटा सामान्य विदेशी नागरिकलाई राजा र राष्ट्रपतिभन्दा बढी निर्णायक बनाइदिएका छन् भन्ने कुरा भूतपर्ूव भारतीय राजदूत श्यामशरणले मधेसी सांसदहरूको मताधिकारमा लगाएको अघोषित प्रतिबन्धबाट नै स्पष्ट हुन्छ । नेपाली जनताको जनमत र मताधिकारप्रति सम्मान देखाउँदै आएको स्वदेशी राजतन्त्रलाई स्वतन्त्रताविरोधी ठान्नेहरूले वैधानिक हैसियत नै नभएको घुमुवा सेवानिवृत्त राजदूतको प्रतिबन्धलाई रातदिन भुकिरहने भुकुवा बुद्धिजीवीहरूले पनि स्वतन्त्रताविरोधी भन्न सकेनन् । प्रजातन्त्र र स्वतन्त्रता भनेको स्वदेशमा रहुञ्जेल प्रयोग गरिरहने र विदेशमा जाँदाखेरि छोडेर जानुपर्ने पलङजस्तो होइन । स्वतन्त्रताप्रेमी व्यक्ति जहाँ गए पनि स्वतन्त्रता र प्रजातन्त्रको प्रश्न सँगसँगै गइरहेको हुन्छ । संयुक्त राष्ट्रसङ्घको सभामा टेबुलमाथि खुट्टा राख्ने सोभियत सङ्घका राष्ट्रपति बे्रजनेभको विरोध गर्ने नेपालका प्रतिनिधि विश्वबन्धु थापा जीवितै हुनुहुन्छ । राजतन्त्रको समयमा वाक स्वतन्त्रता नै थिएन भने तत्कालीन सोभियत सङ्घका राष्ट्रपतिका व्यवहारको विरोध गर्ने अधिकार कहाँबाट प्राप्त भयो – स्वदेशी निषेध र प्रतिबन्धको विरोध गर्न पाउनु मात्र प्रजातान्त्रिक स्वतन्त्रता हो भन्ने विद्यालयमा पढेका सभासद्हरूले श्यामशरणको प्रतिबन्धलाई दैवी-विधान ठानिदिनु पनि अस्वाभाविक होइन ।
मताधिकारको स्वतन्त्रतालाई आफूमा निहित राख्न असफल भएका मधेसी नेताहरूले सङ्घीय स्वायत्तता जोगाउन सक्ने पर्ूवलक्षण नै देखाउन सकेका छैनन् । नेपालका नेता र पार्टीहरूलाई सहमति र असहमति देखाउनका निम्ति विदेशको अनुमति र आदेश चाहिन्छ भने संसद्लाई र्सार्वभौम मान्नु र सभासद्हरूलाई अग्रगामी भन्नुको के र्सार्थकता भयो – कुनै पनि निर्णायक निकायको जिम्मेवार मानिस मेसिनमा परिणत हुनु अग्रगमन होइन । अग्रगमन र परिवर्तनका निम्ति अपनाइएको तरिका, प्रक्रिया र योजना धोखा र षड्यन्त्रमा आधारित हुँदैनथ्यो भने २०४७ सालको संविधानको ढाडमा टेकेर टाउको फोर्न चाहने माओवादीले आफ्नै ढाड भाँचेर आफ्नै टाउकोमा हिर्काउनुपर्ने अवस्था आउँदैनथ्यो । माओवादीले परनिर्भरता र दासत्वको ढाड नभाँचेर जनस्वतन्त्रताको ढाड भाँचेका थिए र राष्ट्रिय स्वाधीनताको टाउको फोडेका थिए । विदेशीको निर्णय र योजना मात्र कार्यान्वयन हुनसक्ने तर नेपालीको आफ्नो विचार र निर्णय नेपालको माध्यमबाट नै अस्वीकृत हुनसक्ने किसिमबाट माओवादीले जुन शक्तिलाई निर्णायक भूमिका सुम्पेका थिए त्यसैको परिणाम मात्र अहिले देखापरेको हो । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको ढाड भाँचेर ल्याइएको परिवर्तनले नेता, पार्टी, सभासद्, सरकार र संसद् भयमुक्त र स्वतन्त्र बन्न सक्ने भए कसलाई किन समर्थन गर्ने – र कसलाई किन नगर्ने – भन्ने मताधिकारको साँचो विदेशीको खल्तीमा पुग्ने थिएन, विश्वको कुनै देशको वहालवाला राजदूतलाई आफू कार्यरत रहेका देशको नेता, पार्टी र सरकारको पक्ष-विपक्षमा गतिविधि गर्न पाउने अधिकार नै दिइइएको हुँदैन । माओवादीका नेता प्रचण्ड, माधव नेपाल र सुशील कोइरालालाई नै कुनै देशको राजदूत बनाएर पठाइएको खण्डमा पनि उहाँहरूले त्यो देशमा बहुमत जुटाइदिने र घटाइदिन सक्ने किसिमको हैसियत बनाउन सक्नुहुने छैन र यस्तो काममा प्रोत्साहन पनि पाइने छैन । भारतले विश्वका विभिन्न देशमा पठाएका राजदूतहरूमध्ये नेपालमा आउने राजदूतहरू मात्र राजनीतिको मुख्य सञ्चालक बन्न जानुमा नेपालका नेताहरूको नियत, चरित्र, भूमिका र हैसियत नै बढी जिम्मेवार छ । पराधीनतामा र्स्वर्ग देख्नेहरूले जातीय राष्ट्रिय मुक्तिको सपना देख्नु नै दिवास्वप्न हो ।