नेपालीलाई अनुशासित राजनीति नै प्यारो

नेपालीलाई अनुशासित राजनीति नै प्यारो


-गोविन्दनाथ पाण्डेय
कुनै पनि व्यक्तिको अधिकारलाई कुण्ठित गरिदिँदा त्यसको प्रतिरोधमा देखापर्ने चरित्र र साहस सायद कसैमा नहुन पनि सक्छ अनि त्यस्तो अवस्थामा देखापर्ने दोषहरूमा नेपाली अधिनायकवादी चरित्र र महत्त्वाकाङ्क्षा अधिकसेअधिक बलियो हुँदो जानेछ र अनि असफलता पनि सफलता हुन जानेछ । सबैमा महत्त्वाकाङ्क्षा हुन्छ र अवसर पाउनासाथै त्यो प्रस्फुटित पनि हुन जान्छ भन्ने सिद्धान्त र व्यवहार धेरैपटक हाम्रै नेपालमा देखिएको पनि छ । तर, कसैकसैले आफ्नो औकात नबुझेर वा हठात मनस्थितिले गर्दा विरोध देखापर्नु स्वाभाविकै देखिन्छ । आज नेपालमा देखापरेको घटनाक्रमबाट स्पष्ट देखापरिसकेको छ, आफ्नो देश सुहाउँदा आफ्नै सामाजिक रुचि र परिस्थितिअनुकूलको गतिविधि, व्यवहार र व्यवस्था सञ्चालन गर्न खोज्ने राजनीतिक पार्टी नेता भनाउँदाहरू भइदिएनन् भने ती कदापी टिक्न सक्दैनन् । राष्ट्रको सर्वोपरी स्वार्थको रक्षा कसरी गर्ने – राष्ट्रको प्रगति तथा राष्ट्रिय हितका अतिरिक्त धोकाबाजी वा बेइमानी किमार्थ गर्नुहुँदैन । देशको राज्यव्यवस्था र राज्य सञ्चालन गर्न जोस् र किताबी ज्ञान मात्र पर्याप्त हुँदैन । यसको अतिरिक्त आफ्नो लगनप्रति अनुभवी तथा देशभक्त, राष्ट्रभक्त नि:स्वार्थ र जनताको दु:खर्-दर्द बुझिदिने व्यक्तित्वको पनि अति आवश्यकता पर्दछ । यदि राज्य-व्यवस्था चलाउने पार्टी-नेता अनुभवहीन तथा देशको परिस्थिति नबुझेको स्वार्थी जमातका हातमा शासन व्यवस्था परेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विदेशी शक्तिको चङ्गुलमा फस्न पुग्दछ ।
मुलुकभर लोभी, पापी, दुराचारी, दुर्व्यसनी बढे भने चेतनशील व्यक्तिहरूलाई ज्यादै कष्ट पुग्न जान्छ । अर्को कुरो हाम्रो देश नेपाल पूर्वीय धर्म-संस्कृतिको उद्गमन स्थान हो । सयकडौं, हजारौं ऋषिमुनिले यो परम् पवित्र हिमवत् खण्डमा तपस्या गरेर दिव्यज्ञान उपलब्ध गरेर स्वयम् शिव भगवान्ले समेत यस देश नेपालका हिमशिखरहरूलाई रोक्नुभयो र शिवकी अर्धाङ्गिनी पार्वतीले पनि यहीँ तपस्या गर्नुभयो । हिन्दूधर्म र हिन्दू संस्कृतिलाई डोर्‍याउन संसारका आदी ग्रन्थ वेदहरू यसै भूखण्डका देन हुन् । यसै कारण विश्वभर फैलेर रहेका असङ्ख्यक हिन्दूहरू यस देश नेपालप्रति अगाध श्रद्धाभाव राख्छन् । हाम्रो राष्ट्रनिर्माताको समयमा हाम्रो छिमेकी मुलुक भारतका बासिन्दा पनि आफ्नो देशलाई हिन्दुतान भन्ने गर्दथे र यद्यपि भन्दै छन् । तर पनि हामी नेपालीका राष्ट्रनिर्माताबाट त्यसैबेला पनि यस देश नेपाललाई यो असल हिन्दुस्थान हो भन्दै आफ्ना कुल धर्म नछोड्नु भन्ने उपदेश वाक्य व्यक्त भएको छ । यो भनाइ कति मार्मिक, कति दूरदृष्टि सम्पन्न र कति उपयुक्त रहेछ भन्ने कुरा आजसम्म आएर पनि देखिएकै छ । जब भारतले आफूलाई धर्मनिरपेक्ष घोषित गरेको थियो र छ हाम्रो देशनेपाल मात्र संसारभरमा हिन्दुराज्यका रूपमा आफ्नो शिर गर्वका साथ उठाएर खडा भएको छ । वैदिक, बौद्ध, जैन, शिख, वैश्वणजस्ता अनेकौं हिन्दूधर्मका सम्प्रदायहरूले यस हिन्दूराष्ट्रमा ज्यादै ठूलो गौरव प्राप्त गरेका थिए । साथै हाम्रो राष्ट्रनिर्माताको आफ्नो कुलधर्म नछोडनु भन्ने दिव्योपदेशअनुरूप नै यस देश नेपालले आफ्ना परम्परागत धर्म र परम्परा कायम राखेको छ । विश्वको एक मात्र स्तवन्त्र हिन्दूराष्ट्र छँदा आफ्नो परम्परागत धर्म संस्कार, मान्यता, संस्कृति आदिलाई नछोडेर नै यस राष्ट्रले विश्वमा आफ्नो एक अलग, उज्ज्वल छवि कायम गरेको थियो र आज पनि छ । साथै राष्ट्रनिर्माताको आफ्नो कुलधर्म नछोड्नु भन्ने दिव्योपदेशअनुरूप नै यस देश नेपालले आफ्नो परम्परागतदेखि चलाउँदै आएको धर्म महान् चाड इन्द्रजात्राजस्तो धरोहरको रूपमा बचाइराखेको जात्रा हो । के राजा ज्ञानेन्द्रको नाम लिनै नहुने भएको छ त – के आफ्नो परम्परा कायम गर्नु जघन्य अपराध नै हो त – हाम्रो यहाँ आफ्नो सनातन परम्परादेखिको अक्षुण्ण आफ्नो ढङ्गको माटोमिल्दो शासनको प्रभावस्वरूप वैदिक बौद्ध, जैन, शिख आदि विविध मतका अनुयायीहरूको समष्टि नै हिन्दू बनेर रहेको छ । हामी वैदिक बौद्ध आदि आर्य परिवारभित्रका विभिन्न धर्मवलम्बीहरू परस्परको धर्मपथको समादार गर्दै आफ्नो धर्मको अटल निष्ठाका साथ परिपालन गरी नेपाली नै रहेर हिन्दू नै बनेर व्यवहार गर्दै एउटै आमाका सन्ततिको रूपमा रहँदै आएका छन् । हाम्रो नेपालमा देवदेवीहरू तथा धार्मिक सांस्कृतिक चार्डपर्वहरू साझा रूपमा उही श्रद्धाका साथ आ-आफ्ना आस्थाअनुसार पुजिन्छन्, मानिन्छन् । यहाँ नेपालका सबै देवस्थल र तर्ीथस्थल वैदिक बौद्ध आदि सबैका साझा छन्, सबै जान्छन्, उही देव प्रतिमामा, उही तर्ीथमा आ-आफ्ना मार्गका देवताका रूपमा उपासना, आराधना गछौर्ं, हाम्रो यहाँ मत, मार्ग, अनेक छन्, धर्म फरक छैन एउटै छ । धर्मको उपेक्षा गर्ने, धर्मको उपेक्षा नगर्ने राज्य-व्यवस्थामा चाहँदा-चाहँदै पनि मानवताको सम्मानमा र व्यवहारमा सन्तुलन अझै आउन नसकेको देखिन आएको छ । हाम्रो राष्ट्र नेपाल अधिराज्यको ऐर्श्वर्य एवम् प्रतिष्ठामा आँच पुर्‍याउने कहीँकतैबाट पनि नहोस् भन्ने चाहना मात्र राख्दछौँ । हामी सारा नेपाली civilized politics चाहन्छौँ । Uncivilized politics. We, Nepalese people will do it आफ्नै तरिकाबाट न कि कसैको दबाबमा ।