प्रसूति गराउने क्रममा महिलाको मृत्यु

प्रसूति गराउने क्रममा महिलाको मृत्यु


उदयरपुर जिल्ला अस्पतालमा आज प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो ।

आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहानमा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताए।

उनका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो ।

मृतक दनुवारको यस अघिनै तीन छोरीको जन्म भइसकेको र यो पटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आउएका थिए। रासस