यी बहादुरहरूलाई माता भगवतीले रक्षा गरून्

यी बहादुरहरूलाई माता भगवतीले रक्षा गरून्


-वसन्तराज कुँवर
ँहामीहरू धेरै वर्ष लागूऔषधको दुर्व्यसनमा थियौँ । नार्कोनन् नेपालको सहयोगले नयाँ जीवन पायौँ । यो जीवन ँदुर्व्यसनमुक्त नेपाल’ बनाउन समर्पित गर्दछौँ । माँ दर्ुगाले यहाँहरूको घरलाई लागूऔषधमुक्त बनाउन शक्ति दिऊन् ।’ यी केटाकेटीहरूको यस्तो विचार सुन्दा मलाई जीवनमा ठूलै उपलब्धि हासिल गरेझैं महसुस हुन्छ । मेरो छाती गर्वले ठूलो हुन्छ ।
लागूऔषध -ड्रग्स) को धरापमा परेर मृत्युसँग जुधिरहेका अनि नियमित लागूऔषध प्राप्तिकै लागि आफ्नो घर-परिवार र समाजमाथि नै आपराधिक व्यवहार गर्न बाध्य भएका धेरै युवा-युवतीहरूले नार्कोनन् नेपालबाट उपचारपश्चात् नयाँ जीवन पाए । उनीहरू यसपटक आफैं यस केन्द्रका प्रशिक्षक भएर नयाँ भर्ना भई आएका सदस्यहरूलाई कसरी दसैं राम्ररी मनाउन दिने र उनीहरूलाई आफ्नो घरमाभन्दा पनि बढी खुसी कसरी राख्ने भन्नेबारेमा व्यापक चिन्तित भएर काम गर्दै छन् । झन्डै १२ वर्ष दुर्व्यसनमा बिताएर नयाँ जीवन पाएका अनिमेश केसीलाई खसी ल्याउने जिम्मा परेको छ । आठ वर्ष अँध्यारो जीवन बिताएका सन्तोष घिमिरे विद्यार्थीका परिवारहरूसँग समन्वय गर्न र केन्द्रमा टीका लगाउने व्यवस्था मिलाउन सक्रिय छन् । उनलाई जमरा खोज्ने चटारो छ । झन्डै १० वर्ष दुर्व्यसनमा डुबेका राजीव लामा दसैंभरिका लागि विद्यार्थीलाई छुट्टै मेनु बनाई विभिन्न प्रकारका भोजन गराउन लागिपरेका छन् । दुर्व्यसन त्यागेर नार्कोनन् नेपालको छातामुनि रही जसरी उनीहरू अरूका लागि समर्पित भएका छन् म पनि दर्ुगा मातासँग यही प्र्रार्थना गर्दछु कि उनीहरू फेरि दुर्व्यसनमा नफर्कून् र आँसु, रोग र अपराधमा डुबाउने ड्रग्सको समस्या कसैको घरमा भित्रिन नदिन मा दर्ुगाको सहयोग मिलोस् । आज मलाई मेरो नार्कोनन्मा काम गर्ने पर्ूवदुर्व्यसनमा फसेका आफ्ना कर्मचारी देख्दा गौरव लाग्छ र म उनीहरूद्वारा नेपाललाई दुर्व्यसनमुक्त बनाउने अभियान चाल्दै छु । यो अभियानमा मेरा कर्मचारीहरूको लगन, त्याग र र्समर्पण यो देशकै लागि उदाहरण हुन सक्छ । माता दर्ुगा भवानीसँग म सम्पूर्ण ड्रग्समा परेकाहरूलाई बाहिर निकाल्न शक्ति प्रदान होस् भन्ने प्र्रार्थना गर्दछु र देशलाई दुर्व्यसनमुक्त बनाउन अहोरात्र खटिएका मेरा कर्मचारीहरूलाई आशीर्वाद प्रदान होस् भन्ने कामना गर्दछु । मृत्युलाई जितेर समाजलाई दुर्व्यसनमुक्त बनाउन खटिएका ती बहादुर योद्धाहरूलाई भगवतीले रक्षा गरून् ।
म मेरा कर्मचारी राजीव लामालाई देखेर दङ्ग पर्छर्ुुकिनकि दुर्व्यसनमा हुँदा उनी कति भयानक थिए तर अहिले दुर्व्यसनबाट अरूलाई निकाल्न उनी लागिपरेका छन् । नार्कोनन् परिवार सम्पूर्ण नेपालीको घरमा दुर्व्यसनले प्रवेश नगरोस् भनेर माता भगवतीसँग प्र्रार्थना गर्दछ ।
दसैं ड्रग्सका दृष्टिकोणले खतरनाक हुन्छ । यस्तो चार्डपर्वमा रक्सी, जाँड, वियर, वाइन चल्ने गर्दछ । हामी सबैलाई यस्ता लटठ्याउने कुराबाट घरलाई टाढै राख्न अनुरोध गर्दछौँ किनकि हामीले यसको भयानकता देखेका छौँ । दुर्व्यसनमा परेका व्यक्तिका लागि दसैं अझै बढी लागूऔषध खाने अवसर पनि हो । त्यसैले कुनै व्यक्तिको घरमा दुर्व्यसनको समस्या छ भने हामी उनलाई यो समयमा घरमा नराखी उपचार केन्द्रमा पठाउन सल्लाह दिन चाहन्छौँ । ड्रग्सबाट बाहिर निस्कन सकिन्छ । हामीहरू पनि बाहिर निस्क्यौँ । उपचार केन्द्र जान ढिला नगर्नुहोस् । कसैको घरमा यस्तो समस्या छ भने नार्कोनन् नेपाल यहाँहरूलाई सहयोग गर्न तयार छ र हामीहरू यहाँहरूलाई सहयोग गर्न पाएकोमा गौरवान्वित हुनेछौँ । विजयादशमीको शुभकामना । नार्कोनन् नेपाल, सर्म्पर्क फोन : ४३७७१२४, ९८५१०३७५२९