विदेश जानेलाई चाडबाडले छोएन (फोटो फिचर)

विदेश जानेलाई चाडबाडले छोएन (फोटो फिचर)


नेपालीहरुका निम्ति वैदेशिक रोजगार बाध्यता जस्तै बनेको छ । देशमा पर्याप्त रोजगारका अवशर नहुँदा दिनहुँ हजारौंका दरले युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् ।

वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दो रुपमा छ ।

यसैक्रममा नेपालीहरुको महाचाड दशैं, तिहार नजिकिँएपनि विदेश जाने नेपालीको संख्यामा कुनै कमि आएको देखिन्न ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार वैदेशिक रोजगारीको लागि विभिन्न देश जान युवाहरु लर्को लागेका थिए । जुन दृश्य राष्ट्रिय समाचार समितिबाट प्राप्त भएको छ ।