डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज

डीआईजी नवराज सिलवालको रिट निवेदन खारेज


डीआईजी नवराज सिलवालको रिट निवेदन सर्वोच्च अदालतले  खारेज गरेको छ । वरीयतामा पहिलो नम्बरमा रहेको आफूलाई प्रहरी महानिरीक्षक नबनाएको भन्दै उनले रिट हालेका थिए ।

सर्वोच्चले सिलवालको मागदाबी नपुगेको ठहर गरेको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

यो फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा किनारा लागेको छ ।