एक करोड धरौटी लिने व्यवस्था गरे कडा आन्दोलनको चेतावनी

एक करोड धरौटी लिने व्यवस्था गरे कडा आन्दोलनको चेतावनी


वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले एक करोड धरौटी लिने कानुनी व्यवस्था गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । उनीहरुले एक करोड धरौति लिने ऐन बनाउन नेतृत्व गरेकाले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्षमा धर्ना दिन आउनुपरेको पनि स्पष्ट पारेका छन् ।

वैदेशिक रोजगार विभागको कार्यालयमा मंगलबार धर्ना दिन पुगेका वैदेशिक रोजगार व्यवसायीले व्यवसायीहरुलाई १ करोड धरौटी लिने प्रस्तावित ऐन पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संघले इजाजत पत्रवाला व्यवसायीहरुको धरौटी रकम २०६४ को ऐनमा व्यवस्था गरे अनुसार हुनुपर्ने माग पनि गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले श्रम सम्झौता गरेर गन्तव्य मुलुकमा रोजगारीका लागि पठाउने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले १ करोड धरौटी लिने कानुनी व्यवस्था गरे व्यवसायीहरु आफ्नो सम्पूर्ण काम कार्वाही छाडेर सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।