बैंककका गोपिनीहरू -बबिता बस्नेत

बैंककका गोपिनीहरू -बबिता बस्नेत


थाइल्यान्डको राजधानी बैंकक धेरै कुरामा प्रसिद्ध छ । घुम्ने, खाने, रमाइलो गर्ने, विभिन्न तरिका र मूल्यका मसाज सुविधा, जे गरे पनि हुने, केही नगरे पनि हुने बैंककलाई विश्वको ‘सपिङ सेन्टर’ पनि मानिन्छ । धनी मुलुकका मानिसहरू प्राय: छुट्टी मनाउन त्यहाँ पुग्छन् । परिवार हुनेलाई बेग्लै प्रकारको रमाइलो, नहुनेलाई सोही खालको वातावरण, हप्तौंसम्म ध्यान र तपस्यामा लीन हुन चाहनेहरूका लागि आराधना स्थलदेखि शारीरिक सम्बन्धका निम्ति मानसिक निकटता आवश्यक नपर्नेहरूका लागि रेडलाइट एरियासम्म धेरै कुरा छ बैंककमा । पर्यटनका अनेक रूपहरू देख्न पाइने त्यहाँको पीडादायी दृश्य भनेको आफ्ना बाजेसरहका वृद्धहरूले नातिनीझैं लाग्ने किशोरीहरूलाई च्यापेर हिँड्ने गरेको दृश्य हो । सबै लोग्नेमान्छेहरूलाई ‘जनरलाइज’ गर्न मिल्दैन, त्यस्तै प्रकारका दृश्यहरू हेरेर उनीहरूप्रतिको धारणा बनाउने हो भने के होला – मनमा प्रश्न उब्जिएको मात्र के थियो आफैंभित्र तर्क हाजिर भयो, त्यहाँको रेडलाइट एरिया र वरपरका महिलाको हाउभाउ हेरेर सबै स्वास्नीमान्छेप्रति त्यस्तै धारणा बन्यो भनेचाहिँ के होला – यो संसारमा मानिसका आ-आफ्नै बाध्यताहरू छन्, रोजाइ र चाहनाहरू छन् । हलेण्डको रेडलाइट एरियामा आफ्नो नाङ्गो शरीर पर््रदर्शन गरेर बस्ने युरोपियनहरू काम नपाएका कारणले बसेका होइनन् न त अमेरिकाका विभिन्न सहरका यस्तै क्षेत्रमा काम गर्नेहरूले खान-लाउन नपाएर त्यसप्रकारको काम गरेका हुन् । मानिस हर्ुर्किएको वातावरण, उसले पाएको सङ्गत, सोच, विभिन्न कुरालाई हर्ेर्ने दृष्टिकोणलगायतका कुराहरूले जिन्दगीको बाटो निर्धारण गरिरहेको हुन्छ । बैंकक भनेपछि मानिसले प्राय: मनोरञ्जनलाई मुख्य आकर्षणका रूपमा लिइरहेको पाइन्छ तर त्यही मनोरञ्जनपूर्ण सहरभित्र पनि गरिबी, अभाव, एक्लोपन, निराशालगायतका कुराहरूका बीच जबर्जस्ती जीवन घिसार्ने मानिसहरू पनि त्यत्तिकै छन् । यो त्यहाँको मात्रै नभएर विश्वका सबै सहरको कथा हो । धनी र गरिबबीचको खाडल गहिरिँदै जाँदा प्रतिफलमा यस प्रकारका कुराहरू बढ्दै जान्छन् ।
‘दसैंले झ्याप्पै छोपिसक्यो, केही गर्न पाएको छैन’ गत हप्ता बैंककको एउटा सपिङ सेन्टरमा सामान बिक्री गर्दै गरेकी युवतीसँग एक अधबैंसे महिलाले यसो भनेपछि आर्श्चर्य मान्दै चिनजान गरिएको थियो । उनीहरू नेपाली मूलका बर्मेली रहेछन्, होटेल, रेस्टुरेन्ट, सपिङ सेन्टर, सडकका पसलहरू जताततै नेपालीभाषीहरू भेटिँदा आफ्नै सहरमा भएझैं महसुस हुने रहेछ । दसैं तिहार, तिज मात्र होइन उनीहरू चैते दसैं, माघेसङ्क्रान्ती, साउनेसङ्क्रान्तीजस्ता चार्डपर्वहरू पनि मनाउँदारहेछन् । अधबैंसेले भनिन्, ‘जहाँ बसे पनि आफ्नो संस्कृति कहाँ छोड्न सकिन्छ र – दसैंको तयारीमा हामी जुटिसक्यौँ, सकेसम्म धेरै नेपाली एकै ठाउँ जम्मा भएर दसैं मनाउछौँ, खसी काट्छौँ, जमरा राख्छौँ, टीका लगाउँछौँ ।’ बर्मामा हिन्दू अल्पसङ्ख्यकका रूपमा रहेका नेपालीको सङ्ख्या दर्ुइ लाख ७६ हजार -सन् २००९ को जनगणनाअनुसार) छ जसमा ७९ प्रतिशत हिन्दू छन् । नेपालीमध्ये बुद्ध धर्म मान्ने १६ प्रतिशत र क्रिश्चियन १ प्रतिशत छन् । त्यस्तै मुस्लिम नेपालीको सङ्ख्या ४ प्रतिशत छ । ५ करोडभन्दा बढी जनसङ्ख्या भएको बर्मामा नेपालीको सङ्ख्या न्यून हो । सन् १९१५ भन्दाअघि नै बर्मा पुगेका नेपाली अहिले बर्मेली नेपालीका रूपमा हजारौँको सङ्ख्यामा थाइल्यान्डमा कार्यरत छन् । थाई भाषाको तुलनामा नेपाली भाषा असाध्यै ठाडो लाग्छ, थाईहरू लहरो तानेर बोल्छन्, भाषामा सुरुमा समस्या भए पनि पछिपछि त थाईहरूभन्दा राम्रो बोल्न सक्ने भएको ठाउँठाउँमा भेटिएका उनीहरूले बताए र भने- के गर्नु, अरूको भाषा जति जाने पनि आफ्नोजस्तो कहाँ हुन्छ र –
कुनैबेलाको बिन्दास सहर बैंकक अहिले सुरक्षाको दृष्टिकोणले त्यति राम्रो मानिँदैन । कहिले रातो टिर्सट आन्दोलन त कहिले अन्य राजनीतिक आन्दोलनहरू बेलाबेलामा भइरहेकै छन् । जे-जे आन्दोलन भए पनि त्यहाँ राजसंस्थाप्रतिको मानिसहरूको सम्मानमा भने कमी आएको देखिँदैन । सहरका ठाउँ-ठाउँमा राजारानीका बडेमानका तस्बिरहरू राखिएका छन् । राजारानीको जन्मदिनको उपलक्ष्यमा एक महिनाअघिदेखि नै दीपावली सुरु हुन्छ । राजसंस्था र राजारानीप्रति नकारात्मक धारणा राख्नुलाई पाप ठान्ने थाईहरूको सङ्ख्या ठूलो छ जसमा अशिक्षित, अर्धशिक्षित र शिक्षित सबै पर्छन् । विगतमा जुनसुकै भागमा गए पनि उत्तिकै सुरक्षित बैंककमा असुरक्षा बढ्दै गएपछि राजपरिवारका सदस्यहरूको सुरक्षामा पनि वृद्धि गरिएको रहेछ । पहिलाजस्तो हरेक स्थान र समारोहहरूमा आँखा चिम्लिएर जान सक्ने अवस्था अब नरहेको निष्कर्ष सुरक्षा निकायहरूले निकालेका रहेछन् । हामी संयुक्त राष्ट्रसङ्घीय निकायले आयोजना गरेको योजना तर्जुमा कार्यक्रममा भाग लिन गएका थियौँ । अकस्मातै सहरका विभिन्न स्थानमा स-साना विस्फोटका घटना भएपछि आयोजकले सुरक्षाका दृष्टिले र्सार्वजनिक स्थानहरू संवेदनशील रहेकाले बाहिर नजान अनुरोध गर्दा पहिलेको बैंकक र अहिलेको बैंककमा ठूलो भिन्नता महसुस गरिएको थियो । र्
धर्मका हिसाबले बुर्द्धधर्म मान्नेहरूको बाहुल्य रहेको थाइल्यान्डमा हिन्दूधर्ममा मानिने देवीदेवताहरूलाई प्रमुख पाटोका रूपमा लिइन्छ । सहरका विभिन्न स्थानमा रहेका नामहरूले पनि हिन्दूधर्मप्रतिको आस्थालाई झल्काउँछन्, सुवर्णभूमि विमानास्थल, रामा अस्पताल आदि । प्राय: पसलहरूमा शिवपार्वती, राधाकृष्णलगायतका मर्ूर्ति र पोस्टरहरू टाँगिएका देखिन्छन् । हामीले मस्तिष्कमा छाप बनाएका भगवान्का रूपहरू केवल महसुस गर्नका लागि हो भन्ने कुरा पनि ती पोस्टरहरूले झल्काउँछन् । खै किन हो थाहा भएन, प्राय: पैसा साट्ने ‘मनी एक्स्चेन्ज’हरूमा भगवान् कृष्णका विभिन्न रूपका फोटोहरू राखेको देखियो जहाँ कृष्ण मुरली बजाइरहेका, वरिपरि गोपिनीहरू बसेका, गोपिनीका कपडा कृष्णले लुकाइदिँदा तिनीहरू नाङ्गै परेका आदि दृश्यहरू थिए । कथा उस्तै र उही भए पनि ती पोस्टरहरूको भिन्नता के थियो भने त्यहाँका कृष्ण र गोपिनीहरूको अनुहार सबै मंगोलियन थियो, हामी आर्य अनुहारका कृष्ण र गोपिनीहरू हेरिरहेका र कृष्ण भन्नेबित्तिकै त्यही अनुहार अगाडि आउनेहरूका लागि थाई अनुहारका कृष्ण र गोपिनीहरू अनौठा लागे । लाग्यो, आखिर भगवान्का अवतारहरू को-कस्ता थिए भनेर फोटो खिच्ने फोटोग्राफर कोही पनि छैन न त अनुहार हेरेर स्केच गर्ने चित्रकारको बारेमा नै कुनै इतिहास छ । इश्वर भन्ने कुरा त केवल अनुभूति हो जसलाई जस्तो महसुस हुन्छ त्यही आकारको भगवान् निर्माण गर्छ । तर, त्यहाँ कृष्णवरिपरि झुम्मिएका गोपिनीहरूलाई नाङ्गै बनाएर व्यापारिक केन्द्रहरूमा राखिनु आस्था मात्रै हो कि व्यापार पनि – त्योचाहिँ बुझ्न सकिएन ।