चक्रपथलाई किन देखेनन् शासकले ? (१४ तस्बिर)

चक्रपथलाई किन देखेनन् शासकले ? (१४ तस्बिर)


  • विजय दमासे

पंचायत गयो, बहुदल आयो, राजा गए, जनताका छोराहरु नेता भए आए तर देश देश जस्तो बन्न सकेन् । धेरैको चिन्ता यहि छ । अखिर देश देशजस्तो किन बन्न सकेन् ? मान्छे मान्छे जस्ता किन्न बन्न सकेनन् ? यो चिन्ता यतिबेला निकै उब्जिने गरेको छ ।

राजाले गद्दी छाड्दा धेरैले सोचेका थिए साच्चै जनताका छोरा शासक बनेर आउने छन् र तीनैले देशको मुहार फेरि आम जनतालाई सुखः चैनमा राख्नेछन् तर त्यो जनताको सपना आज तुहिएको छ ।

देशमा मौलाइरहेको बेथिती, चरम भ्रष्टाचारले आज जनतालाई निराशमा धकेलिरहेको छ । विकासका कामहरु जुन रुपमा हुनपर्ने त्यो हुन सकेको देखिन्न ।

मुलुकको राजधानी काठमाडौं जो गौरव गर्न लायक हुनुपर्ने, यहाँ भएको विकास अरुले सिक्न लायक हुनुको साटो झन पछि झन् कुरुप हुर्दै गएको छ ।

जसको उदाहरण हो, जनताका छोराहरुले राज गर्ने थलो, राजधानीको मुटुका रुपमा लिइने चक्रपथ ।

चक्रपथमा पुग्ने जो कोही पनि धुलाम्मे सडकको अवस्था देख्दा यो देशमा राज्य छ र ? भनि सोध्ने गर्छन् ।

धुलाम्मे सडक, खल्डाखुल्डी उस्तै, गाडीको चाप देखिदाँ जसले पनि राज्य विहिनताको अवस्था देखिन्छ । जसले राजधानीलाई गिज्जाई रहेको समेत प्रष्ट हुन्छ ।
राजदिन ओहोर दोहोर गर्ने शासकहरुले समेत चक्रपथको बेबास्ता गर्दा सो क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै गएको छ ।

विकासे काम कहिले जाल घाम भनेझैँ, सो सडक जहिले पनि मर्मत गरिएको देखिन्छ, मर्मतमा मात्रै करोडौं सकियो तर सडकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको पाइन्छ । चक्रपथ सडकको छेउछाउमा व्यवसाय गर्नेहरु अव पलायन हुनुको अर्को विकल्प नरहेको बताउछन् ।

चक्रपथमा किराना गर्दै आएका रमन श्रेष्ठले भने,‘धुलाम्मे सडकले सटर भित्र बसेको हो, की सडकमा केही थाह्रै हुन्न, धुलोले ग्राहकहरु नै कम छ, सरकारले गुणस्तरीय तवरले सडक मर्मत नगरे अब पलायन हुनुको अर्को विकल्प छैन् ।’ यी त एक मात्रै पात्र हुन । हिजआज चक्रपथका व्यापारी धुलोले हौरान छन् ।

आखिर धुलाम्मे चक्रपथ कहिले सुध्रिने हो ? कसैसँग यसको उत्तर छैन् । तुहिएका जनताका सपना अब कसले पुरा गर्ने हो ? निकै चिन्ताको विषय बनेको छ ।

१४ तस्बिर….

[FAG id=64170]

तस्बिर : प्रविण श्रेष्ठ