माओवादीले मर्यादा भुल्दा…

माओवादीले मर्यादा भुल्दा…


नेपाली राजनीतिको आकाशमा टाँगिएको धमिलो बादलको पर्दा उघ्रिनुको साटो अझै गाढा बनेर अँध्यारो र्छन प्रयत्नशील रहेको प्रतीत भइरहेको छ । राजनीतिक सहमति जुटाउन नसकेपछि जिम्मेवार दलहरू एक-अर्कालाई आरोपित गर्ने र धुन्धुकारी चरित्र प्रदर्शनमा उद्यत् बनेका छन् । आन्तरिक सहमति निर्माणबाट कोसौँ टाढिएका दलहरू अब हुँदा-हुँदा विदेशी कूटनीतिज्ञकहरूलाई र्सार्वजनिक स्थानमा दुर्वचन र भौतिक आक्रमण गर्नेसम्मको नीचतामा ओर्लनसमेत तत्पर देखिन थालेका छन् । वर्तमानको बिब्ल्याँटो, असान्दर्भिक र असफल राजनीत्रि्रदत्त ँहीनभावँको सिकार भई यस्तो लज्जास्पद कर्ममा ओर्लनेमा मुलुकको सबैभन्दा ठूलो दल एनेकपा माओवादी या उसका नेता/कार्यकर्ता अग्रपङ्क्तिमा देखिएका छन् । गत साता सोलुखुम्बुमा छिमेकी मित्रराष्ट्र भारतका राजदूतमाथि माओवादी नेता गोपाल खम्बुको नेतृत्वमा गरिएको निकृष्ट र अराजक व्यवहारले देशलाई लज्जाबोध गराएको मात्र नभई माओवादी दल ँध्वंसात्मक चरित्रको प्रतीक’ नै भएको मान्यतालाई पनि बल पुर्‍याएको छ ।
पिउने पानीको अभावमा काकाकुल दूरदराजवासी नेपालीको घर-आँगनमा स्वच्छ पानी पुर्‍याउने ध्येयका साथ सहयोगी कदम बढाइरहेका राजदूतको विरोधमा नाराबाजी गर्ने र भौतिक आक्रमणकै प्रताडना झेल्न विवश तुल्याउने माओवादी-हरकतलाई माओवादीभित्र पन्पिएको निराशा र हीनभावको चरमोत्कर्ष भनिदिँदा फरक पर्दैन । हरेक विषयलाई राजनीतिसँग जोड्ने र विशेषगरी छिमेकी भारतका ँसहयोगी हात’लाई हरदम नकारात्मक दृष्टिकोणबाट व्याख्या र दुष्प्रचार गर्ने नीति अख्तियार गरिरहेको एनेकपा माओवादीबाट सोलुमा प्रदर्शित व्यवहारलाई उसले अवलम्बन गरेको बिब्ल्याँटो बाटो र त्यसको परिणतिस्वरूप उसलाई हात लागेको राजनीतिक असफलताकै उपज हो भन्न सकिन्छ । राष्ट्रिय स्वाभिमानको माओवादी नारा जति आकर्षक देखिन्छ त्यसभित्र पन्पिएको नियत त्यत्तिकै विषाक्त र नकारात्मक परिणाममुखी प्रतीत हुन्छ । निरन्तर र हदैसम्मको प्रयत्नबाट पनि सत्तारोहणको लालसा पर्ूर्ति नभएपछि सदियौँदेखिको रोटी-बेटीको सम्बन्ध गाँसिएको सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्रप्रति अन्धाधुन्ध खनिने माओवादीचरित्र कूटनीतिक दृष्टिमा नादानीको उत्कर्षसिवाय केही होइन । कतिपय मामलामा अनमिनले पर््रदर्शन गरेको हस्तक्षेपकारी भूमिकामाथि मौनता साध्ने माओवादी-नीतिलाई उसले भनेझैँ ँराष्ट्रवादी चश्मा’बाटै नियाल्ने हो भने निष्पक्ष करार गर्न किमार्थ सकिन्न । राजनीतिक असफलताले दिएको कुण्ठाकै कारण जिम्मेवार दल हुनुको हैसियतसमेत भुलेर कूटनीतिक मर्यादाबाहिरको तुच्छर्-कर्ममा कार्यकर्ता उतार्नुले मुलुक र मुलुकवासीले माओवादीबाट गरेको अपेक्षामाथि भीषण तुषारापात भएको छ भन्दा पक्कै अतिशयोक्ति ठहरिँदैन । आफैं कुण्ठा र निराशाबाट ग्रस्त राजनीतिक दलले ँअवशाद’मा भासिएको देशलाई उद्दार गर्छर्ुुन्ने जुन हुँकार गरिरहेको छ, यो फगत एक गम्भीर ठट्टामा परिणत हुन पुगेको छ ।
राजनीतिक दलका यस्तै अनाडी एवम् सत्ता-शक्तिको खेलमा निर्लिप्त व्यवहारबीच नेपाली मात्रको ँसांस्कृतिक एकताको महान् चाड’ बडादसैँ नेपाली घर-आँगनमा ओर्लिसकेको छ । विविध विशेषतायुक्त चाड दसैँको महत्त्व अनेक अर्थमा छ र यसको सर्वाधिक महत्त्वपूर्ण पक्ष भनेको टाढा-टाढादेखि गाउँघर-आँगनमा भेला भएर दु:ख-पसिना भुल्दै अङ्कमाल गर्ने, एकता, मेलमिलाप, सहमति-सहकार्य बढाउने र बेथिति-बिकृतिको अन्त्य गर्नु नै हो । हाम्रा राजनीतिक दलहरूले दसैँको मर्म आत्मसात् गर्दै मेलमिलाप, सहमति र सहकार्य पर््रदर्शन गर्नसके ओह्रालो लागेको मुलुक र राजनीतिक हिंसा एवम् बेथितिको सिकार बनेका नेपाली जनतालाई थोरै भए पनि त्राण मिल्ने अपेक्षा गर्न सकिन्छ । तर, उनीहरूको व्यवहार यस दिशातर्फ उन्मुख नदेखिनु विडम्बनापूर्ण छ । देशभित्र विवाद/व्रि्रह खडा गर्ने र विदेशी मित्र तथा अन्तर्राष्ट्रिय समुदायलाई पनि जबर्जस्ती चिढ्याउने माओवादीजस्ता दलकै कारण नेपाल र नेपाली थप पीडा भोग्नुपर्ने नियतितर्फ उन्मुख हुनु अत्यन्त चिन्ताको विषय हो । यसप्रति सबै संवेदनशील हुनु आवश्यक छ । साथसाथै, नेपालीको महान् चाड दसैं कसैका लागि पनि दशा नबनोस् भन्नेमा राज्य सचेत रहोस् । दसैंको शुभअवसरमा पाठकवर्ग, विज्ञापनदाता, सहयोगी-शुभेच्छुकलगायत समस्त नेपालीजनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ ।