१० वर्षमा १२ हजार मेगावाटको वितरण प्रणाली विस्तार गर्ने कुलमानको घोषणा

१० वर्षमा १२ हजार मेगावाटको वितरण प्रणाली विस्तार गर्ने कुलमानको घोषणा


नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्न सक्ने प्रणाली विस्तारको घोषणा गरेका छन् । उनले अगामी वर्ष विजुली चुहावट थप ३ प्रतिशत बटाउने योजना पनि सुनाए । सँगै विभिन्न सम्भावना रहेका पम्प स्टोरेज प्लान्टलाई पनि प्राधिकरणले अघि बढाउने जानकारी दिए ।

आफ्नो एक वर्षको कार्यकालको समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लदागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने बताए । प्राधिकरण अनलाइन विजुली महशुलको व्यवस्थापनसहित स्मार्ट मिटर र ग्रीडको लागि पनि लागेको उनको भनाइ छ ।

‘केही वर्षमा हामी उत्पादित विजुली खपतकोबारेमा चिन्तित हुने अवस्था आउँछ । त्यसैले अधिकतम् रुपमा देशभित्रै विजुली खपतको वातावरण बनाउन प्रमुख शहरी तथा औद्योगिक क्षत्रेमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउँछौं ।’

प्राधिकरणले उत्पादन लागतका आधारमा विजुलीको शुल्क समायोजनका लागि पनि पहल गर्ने बताएको छ ।