सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट


महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब दुईहजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उहाँले बताउनुभयो । बाँकी एक हजार ३०० रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ ।