अर्घाखाँचीका जंगलमा सेना परिचालन

अर्घाखाँचीका जंगलमा सेना परिचालन


स्थानीय प्रशासनले अर्घाखाँचीका जंगलमा सेना परिचालन गरेको छ । बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बाघ बस्ने सम्भावित स्थानमा हातहतियार सहित सेना पठाएको हो ।

स्थानीय संचारमाध्यमका अनुसार, अर्घाखाँचीमा पाँच बर्षको समयमा एक दर्जन बढि बालबालिकामाथि बाघले आक्रमण गरिसकेको छ ।

सन्धिखर्क नगरपालिका वडा नं २ ,७ र ८ भुमेकास्थान नगरपालिका वडा नं ८ ,९ का केही भागमा मात्र बाघले बालबालिकाको ज्यान लिने गरेको र केही बाघको आक्रमणबाट गम्भीर घाइते भएको बताइन्छ ।

जिल्लामा बाघ आतंक बढेकाले बाघ खोज्नका निम्ति सुरक्षाकर्मि परिचालन गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।