जङ्गी अड्डा परिसरमा बन्यो अन्तर्राष्ट्रिय स्तरको खेल मैदान

जङ्गी अड्डा परिसरमा बन्यो अन्तर्राष्ट्रिय स्तरको खेल मैदान


जङ्गी अड्डा परिसरमा पुनर्निर्माण गरिएको इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्याराफिटसहित अन्तर्राष्ट्रियस्तरको खेल मैदानको उदघाटन गरिएको छ । खेल्ने भाग (प्लेइङ एरिया) १०५ मिटर÷६८ मिटर रहेको उक्त खेल मैदानको प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार आयोजित विशेष समारोहबीच उदघाटन गर्नुभएको हो ।

‘नेचुरल ग्रास पिच’ भएको उक्त मैदानमा ‘सव–सर्फेस ड्रेनेज, स्प्रिङ्कलर इरिगेसन सिस्टम’ रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको चार सय मिटर ‘स्टाण्डर्ड’ आठ लेन भएको एथलेटिक्स ट्रयाकमा सय मिटर दौड र एकसय दश मिटर हडल्सको लागि थप दुई लेन रहेको छ । ०७३ मंसिर ८ गते शिलान्यास भएको उक्त खेल मैदान करिब १० महिनाको अवधिमा सम्पन्न भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल, एथलेटिक्स, हाईजम्प, पोलभर्ट, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटपुट, डिसकस थ्रो, ह्यामर थ्रोको अतिरक्ति ‘स्टिपलचेस’लगायतका खेलहरु उक्त खेल मैदानमा सञ्चालन गर्न सकिने बताइएको छ ।

जङ्गीअड्डा परिसरमा पुनर्निर्मित उक्त खेल मैदानमा शुक्रबार नै ‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७४’को समापन समारोह सम्पन्न गरिएको छ । उक्त कार्यक्रम समापनको अवसरमा प्रधानसेनापति महारथी क्षत्रीले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७४’का विजेता सैनिक खेलाडीहरूलाई नगद पुरस्कार एवम् ट्रफी प्रदान गर्नुभयो ।