अबको क्रान्ति आर्थिक विकासको : डा. महत

अबको क्रान्ति आर्थिक विकासको : डा. महत


नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवम् पुर्व अर्थमन्त्री डा. रामशरण महतले अबको क्रान्ति आर्थिक विकासका लागि हुने बताएका छन् । राजनीतिक परिवर्तन भैसकेकोले अब देशलाई आर्थिक रूपमा विकास गर्नको लागि औद्योगिक विकास, स्थानीय रोजगार तथा उत्पादनमुलक कार्यमा लागिपर्नु पर्ने सुझाव दिए ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाको प्रथम गाउँसभा तथा अधिवेशन बैठकमा आतिथ्यता जनाउन पुगेका डा. महतले सभालाई सम्बोधन गर्दै थानीय विकासको लागि स्थानीय तह नै जिम्मेवार हुने हुँदा अब विकासले गति लिने तर्क गरे ।

गाउँ अधिवेशनमा पुर्व सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले विकासको लागि स्थानीय जनता चनाखो भई सहभागीतात्मक विकास अवधारणलाई पालना गरी स्थानीय स्रोत तथा साधनको अधिकतम प्रयोग गर्नुपर्ने बताए भने अर्का पूर्व राज्यमन्त्री कमलेशकुमार शर्मा, नेपाली कागे्रसका पूर्व पार्टीसभापति राजेश आचार्य, सुधाकर पाण्डेय, विद्यार्थी नेता क्षितिज भण्डारी, एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनाल, माओवादी केन्द्रका नेता सीताराम रैदास, राजपा नेता कालिपद शर्मा, राप्रपाका रामाशीष पाण्डेयलगायतले पनि स्थानीय निकायले गर्नुपर्ने कामबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

– चन्द्रकान्त खनाल