‘मालपोत–विवाद’ मिलाउन भक्तपुर सिडिओमा वार्ता जारी

‘मालपोत–विवाद’ मिलाउन भक्तपुर सिडिओमा वार्ता जारी


भक्तपुर नगरपालिकास्थित एउटा जग्गाको दोहोरो स्रेस्ता भएको र एउटै कित्ता जमिन दुईजनाको नाममा रहेको फेलापरेपछि उत्पन्न विवादले भक्तपुर मालपोत कार्यालयको नियमित काम–कारवाही अस्तव्यस्त तुल्याएको छ ।

आफ्नो जग्गालाई नियतवश अर्काको नाममा गराउन खोजेको भन्दै सम्बन्धित व्यक्तिले मालपोत अधिकृत कृष्णप्रसाद जोशीलाई कार्यकक्षमै हातपात गरेपछि मालपोतका कर्मचारीले काम बन्द गरेका हुन् ।

घटनाले गम्भीर रुप लिएपछि वार्ताबाट विवाद मिलाउन भक्तपुरका प्रमुख जिल्लाअधिकारीसहित मालपोत कार्यालयमा उपस्थित भएका थिए । तर, त्यहाँ कुरा मिल्न नसकेपछि मालपोतका पाँचजना अधिकृतसहित यतिबेला वार्ताको लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका छन् । वार्ता जारी छ ।