सडकका अव्यवस्थित ढुङ्गाले घरै ध्वस्त

सडकका अव्यवस्थित ढुङ्गाले घरै ध्वस्त


सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको कारण एउटा घर भत्किएर नष्ट हुनुको साथै चारजना घाइते बनेका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१० माटेमा सडकको वरपर रहेका ढुङ्गा गएराति एक्कासी खस्दा सडकतल रहेको सिद्धिमान चौहानको घर ध्वस्त भएको हो । घटनापश्चात भाडामा बसोवास गरेका चारजना बेहोस भएका थिए । सामान्य घाइते बनेका उनीहरू सन्धिखर्कमा भएको प्राथमिक उपचारपछि नै घर फर्किएका छन् ।

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकले २०७० सालमा स्थानीयसँग गरेको सम्झौताअनुसार सडकका ढुङ्गाहरू व्यवस्थित नगरेको र सडकको कटिङ राम्रोसँग नगरेको कारण आफुले नोक्सानी ब्यहोर्नुपरेको पीडितको भनाई छ । घटनापश्चात पीडितले दिएको निवेदनका आधारमा त्यहाँ पुगेका प्रहरी टिमले क्षतिग्रस्त स्थानको अवलोकन गरी करिव बिस लाख रुपैयाँबरावरको नोक्सानी भएको अनुमान गरेको बुझिएको छ ।

– मुक्तिनाथ भुसाल