विप्लवका कार्यकर्ताले दले इञ्जिनियरलाई मोसो

विप्लवका कार्यकर्ताले दले इञ्जिनियरलाई मोसो


पछिल्ला दिनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना कार्यकर्तालाई फरक जिम्मेवारी दिएको अनुभूति गरिएको छ । विप्लवका कार्यकर्ताहरूले एकपछि अर्को गर्दै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई मोसो दलेर बेइज्जत गर्ने क्रमलाई तीव्रता दिएपछि यस्तो महसुस गरिएको हो ।

स्थानीय तहमा भ्रष्टाचार र अनियमितता गरेको भन्दै एक सविभिन्न जिल्लामा विप्लवको पार्टीले मोसो–आतङ्क मच्चाएका छन् । यही श्रृङ्खलाको पछिल्लो घटनाका रूपमा रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिकामा आज सोमबार दिउँसो घटाइएको घटनालाई लिन सकिन्छ । आज दिनको २ बजेतिर सिद्धार्थनगर नपाका इञ्जिनियर शैलेन्द्र श्रेष्ठलाई माओवादी कार्यकर्ताहरूले मोसो दलेका हुन् । श्रेष्ठ भ्रष्ट प्रवृत्तिका कर्मचारी भएको र अनियमित क्रियाकलापमा संलग्न रहेकोले मोसो दलेर कारवाही गर्नुपरेको सो पार्टीसम्बद्ध कार्यकर्ताहरूले प्रष्टिकरण दिएका छन् ।