भारतीय रुपैयाँ सहित पक्राउ

भारतीय रुपैयाँ सहित पक्राउ


भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री चयपुरुवा बस्ने ३० वर्षीय सलिम मियाँलाई भारतीय रुपैयाँ २ हजार दरका नोट १ सय थान र ५ सय दरका नोट ८ सय थान समेत जम्मा ६ लाख रुपैयाँ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ स्थित जाँच गर्ने क्रममा मियाँको साथमा उक्त रकम फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।