चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गए चिकित्सकले नै क्षतिपूर्ती बेहोर्नुपर्ने

चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गए चिकित्सकले नै क्षतिपूर्ती बेहोर्नुपर्ने


अब चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गए चिकित्सकले नै क्षतिपूर्ती बेहोर्नुपर्ने भएका छ ।

सरकारले पछिल्लो समय चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकबाटै यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको हो ।

चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकबाट नै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि जानकारी दिर्दै सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै यस्तो घटना घटे चिकित्सकबाटै क्षतिपूर्ती तिराउने गरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको बताए ।

त्यस्तै, आजको बैठकले प्रदेश सभा निर्वाचनका लागि पीछडिएका क्षेत्र र अल्पसंख्यक समूदाय तोकी त्यसलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

यसको साथै आठौँ गैरआवासीय विश्व सम्मेलन उच्च स्तरीय आयोजक समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । सम्मेलन यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा भेला हुँदैछ ।

यता, संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धि राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्यायोजन गर्ने तथा आणविक अस्त्र निषेध गर्ने सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

बैठकले सञ्चारमन्त्रालयमा सञ्चारविज्ञको रुपमा छत्रबहादुर खड्कालाई नियुक्त गरेको छ भने राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा बनेको विधेयक २०७४ व्यवस्थापिका संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।