एकाएक चर्चामा माधवकुमार नेपाल !

एकाएक चर्चामा माधवकुमार नेपाल !


पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपाल यतिबेला एकाएक चर्चामा आएका छन् ।

स्थानीय तह तेस्रो चरणको चुनावमा रौतहटको गौर नगरपालिका–२ मा रहेको राम जानकी कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट उनले भोट खसाले ।

उनले भोट खसाल्दा अनौठो दृष्य देखियो । मतपत्र उल्टोगरी पट्याई मटपेटिकामा मतपत्र खसालेका नेपालको, सामाजिक संजालमा फोटो यतिबेला भाइरल भएको छ ।

नेपालले उल्टोगरी मतपत्र खसालेपछि सामाजिक संजालकर्ताले आफ्नो प्रोफाइलमा ‘रौतहटमा मतदाता शिक्षा नपुगेको एउटा उदाहरण….’ भनि नेपालको फोटो पोष्ट गरेका छन् ।

तर यसबारेमा मतदानपछि प्रतिक्रिया दिर्दै एमाले नेता नेपालले मतपत्रमा लागेको मसि लट्पट्निे डरले आफूले उल्टोगरि मतपत्र खसालेको प्रतिक्रिया दिएका छन् ।