पारिश्रमिक माग्दै होटल सञ्चालकविरुद्ध यौनकर्मीले उजुरी दिएपछि …

पारिश्रमिक माग्दै होटल सञ्चालकविरुद्ध यौनकर्मीले उजुरी दिएपछि …


आफूहरुलाई जबर्जस्ती याैनकार्यमा लगाएर होटल सञ्चालकले पारिश्रमिक नदिएको भन्दै यौनकर्मी महिलाले प्रहरीमा उजुरी दिएका छन् । उनीहरुको उजुरीलगत्तै प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।एकजनाले ३५ हजार ७ सय ५० रुपैयाँ र अर्कीले ५७ हजार ७ सय ५० रुपैयाँ पाउन बाँकी रहेको भन्दै प्रहरीसमक्ष पुगेका हुन् ।

बिर्तामोडका होटलमा याैन पेशामा संलग्न केही यौनकर्मी महिलाले प्रहरीमा उजुरी दिएका हुन्  । जबरजस्ती याैनकार्यमा लगाएर होटल सञ्चालकले पारिश्रमिक नदिएको भन्दै यौनकर्मी महिलाले प्रहरीमा उजुरी दिए । उजुरी अाएलगत्तै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

डिएसपी राजकुमार सिलवाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा सरुवा भएर आएलगत्तै प्रहरीले होटलमा निगरानी गर्न सुरु गरेको थियो । होटलमा भइरहेका यौनजन्य गतिविधि नियन्त्रण गर्न प्रहरी जुटिरहेकै बेला यौनकर्मी आएर उजुरी दिएका हुन् ।

ती महिलाले अदालतमा पनि आफूहरुले पैसा नपाएको बयान दिइसकेको प्रहरीले जनाएको छ । आफूहरु पैसाको लोभलालचले यौनकर्ममा लागेको तर, होटल सञ्चालकले पैसा नदिएको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, झापामा यौन व्यवसाय गर्ने युवतीले महिनामा डेढ लाखसम्म रुपैयाँसम्म कमाउँछन् । ग्राहकले तिरेको पैसा यौनकर्मी र होटल सञ्चालकले आधा–आधा गर्ने चलन अहिलेसम्म पाइएको डिएसपी सिलवालले बताए । तर, केही होटल सञ्चालकले पैसाको लोभमा परी यौनकर्मी महिलालाई पैसा नदिएको पाइएको हो ।

उजुरी दिने युवती २१ देखि २७ वर्षसम्मका छन् । ती युवतीले प्रहरीमा उजुरी दिएपछि बिर्तामोडस्थित सिर्जना होटल सञ्चालन गर्ने सुष्मा भनिने सुर्जीकुमारी थारू, त्यही होटलमा सहयोग गर्दै आएका सुजन शंकर र होटलका व्यवस्थापक सोनु भनिने बाबा लिम्बूलाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध मानव बेचबिखनअन्तर्गतको मुद्दा चलाइएको जनाइएको छ । यता सोल्टी होटलका सञ्चालक राम बोहोरा भने फरार रहेको प्रहरीले जनाएको छ । आफूहरु वेश्यावृत्तिमा रहेकाले सजाय भोग्न तयार रहेको तर, पारिश्रमिक दिलाइदिनुप¥यो भनी ती महिलाले उजुरी गरेको जनाइएको छ ।