निधिको गृहनगरमा एमालेको प्यानलै विजयी

निधिको गृहनगरमा एमालेको प्यानलै विजयी


नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

धनुषाको हंशपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कापर, मुखियापट्टी मुसहरनियामा १ मा कौशल यादव र वडा नं २ मा नरेश यादव विजय हुनु भएको हो ।

नेपाली काँग्रसका नेता एवं पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर मुखिया पट्टि मुसरनिया गाउपालिका १ र २ मा एमाले उम्मेदवार प्यानलसहित वडा अध्यक्षमा बिजयी हुनुभएको समाचार छ ।