एमाले अध्यक्ष केपी ओलीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काको बचाउ गरेका छन् । उनले खड्का भरियामात्रै भएको र भ्रष्टचार गर्ने असली मालिक अरु नै भएको भन्दै आक्रोश पोखे । उनले भने ‘भ्रष्टचार गर्नेलाई छोपेर उल्टै निगमको भ्रष्टचार प्रकरणमा एमाले किन बोलेन भनेर कराउन थालेका छन् ।’
नेकपा एमाले प्रदेश नम्बर १ ले मंगलबार काठमाडौमा गरेको संविधान कार्यन्वयनको अवस्था विषयक गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने अरु नै भएपनि सरकारले निगम प्रमुख गोपाल खड्कालाई कारवाही गरेको बताए । ओलीले बर्तमान सरकारलाई अपराधीहरुको गठबन्धन भन्दै केही सञ्चारमाध्य र बुद्धिजीवी भनौदाहरु लोकतन्त्र सक्ने मिसनमा लागेको बताए । ‘ केही सञ्चारमाध्यम र बुद्धिजिवी लोकतन्त्रविरुद्धको मिसनमा लागेका छन् ।
लोकतन्त्र रोक्ने प्रयास भइरहकाले जनतालाई होसियर रहनुपर्ने भन्दै अध्यक्ष ओलीले सरकारले यस्तै गलत काम गर्दै जाने हो भने आफु उखान टुक्कामात्र होइनन कि व्यवहारमै काम गरेर देखाइदिने चेतावनी दिए । हालै सर्वोच्च अदालतका ११ जना न्यायाधीशविरुद्ध मुद्धा परेको विषयमा चर्चा गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले उनिहरुविरुद्ध मुद्धा हाल्नेहरु फटाहा भएकाले एमाले त्यसका विरुद्ध कानुनी प्रकृयामा जाने बताए ।
मैले ४० जना मन्त्री बनाउँदा टोपीले आसु पुछेर रुने बुद्धिजिवीहरुअहिले ५६ जना मन्त्री बनाउँदा कुन कुनामा लुकेका छन् ?’ ओलीले प्रश्न गरे ‘के अहिले ति बुद्धिजिवीहरुले यो देशका गरिव जनता देखेका छन् कि छैनन ? यो सरकार मंसिर सम्म आफ्ना सवै सांसदलाई मन्त्री बनाउछ र देशको ढुकुटी सक्न लागि परेको छ । सरकार काम गर्न होइन खान बनेको हो ।’
प्रतिक्रिया