एनआरएनएको अध्यक्षमा घले परिवारले नछोड्ने

एनआरएनएको अध्यक्षमा घले परिवारले नछोड्ने


शेषको निर्णयले भट्टलाई धक्का

गैर आवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा अध्यक्ष पदमा बर्तमान अध्यक्ष शेष घलेले श्रीमती जमुनालाई उठाउने भएका छन । संस्थाको नाममा गरिदै आएको अबैध करोबारलाई निरन्तरता दिनकै लागि यसभन्दा अधि गरिएको सम्झौतालाई लत्याउदै शेष घलेले श्रीमती जमुनालाई अगाडी बढाएपछि अध्यक्षको उम्मेबारी घोषणा गरेका भबन भट्टलाई झड्का लागेको छ ।

अध्यक्षमा भट्ट र जमुना भिड्ने भएका छन् । अक्टोवर १४ देखि १७ तारिखसम्म काठमाडौंमा हुने एनआरएनएको आठौं सम्मेलनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा भट्ट र घले भिड्न लागेका हुन् ।
भट्ट अहिले एनआरएनका उपाध्यक्ष हुन् भने घले आईसीसी सदस्य छिन् । यस अघि अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भएपनि अहिले घले र भट्ट भिड्न लागेका एनआरएनए सम्बद्ध एक अधिकारीले बताएका छन् । सेप्टेम्बर २४ तारिख अर्थात असोज ८ गते उम्मेदवारी घोषणा गर्ने कार्यक्रम सहित घले परिबार नेपाल आउदै छन् ।

हाल घले चुनावी तालमेलका लागि क्यानडामा रहेका छन् । पन्त अध्यक्षका प्रत्यासी भएपनि घलेसँग कुरा नमिलेपछि भट्टलाई समर्थन गर्ने गरी उपाध्यक्षमा उठ्न लागेको स्रोतले जनाएको छ । जमुना घलेलाई एनआरएनएका दुई कार्यकाल अध्यक्ष भएका उनका श्रीमान् शेष घलेले अघि सारेका हुन् ।

एनआरएनएको उपाध्यक्ष पदमा अध्यक्षका प्रत्यासी भनिएका कुमार पन्त, चिरञ्जिवी थापा र सोनाम लामा उठ्ने भएका छन् । पन्त अहिलेका उपाध्यक्ष तथा जर्मनीका एनआरएन हुने भने थापा जापान र लामा अमेरिकाका एनआरएन हुन् ।  महासचिवमा बद्री केसीले, त्रिलोक गुरुङ र अर्जुन श्रेष्ठ भिड्ने भएका छन् । केसी अहिले पनि महासचिव नै छ । उनी रसियाका एनआरएन हुन । श्रेष्ठ अहिले संघको सचिव छन् भने उनी उनी वेल्जियमका एनआरएन हुन ।