हनीप्रीतपछि अब नेपालमा सन्नी लियोनीको चर्चा, प्रहरी बेखबर

हनीप्रीतपछि अब नेपालमा सन्नी लियोनीको चर्चा, प्रहरी बेखबर


भारत हरियणाकी मस्टवाण्टेड हनीप्रीत नेपालमा रहेको चर्चाबीच अब सन्नी लियोनीको चर्चा सुरु भएको छ । उनी काठमाडौंमा बसी गैर कानूनी कार्य गर्दै आएकी खुलेको हो ।

प्राप्त खबर अनुसार बलिउड हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल आएको खुलेको छ । ‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको तथ्य फेला परेको छ ।

अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ । तरपनि उनले तारे होटलमा जुवा अखडा जमाएको उच्च स्रोतको दाबी छ । नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने, “सन्नी लियोन नेपाल आएर जुवा खेलाइरहेको हामीलाई जानकारी छैन ।

नेपालमा अनलाइन जुवा खेलाउन पाइँदैन, यसरी खेलाएको भेटिए कारबाही हुन्छ ।” सनी लियोनी केहीदिनदेखि नेपालमै रहेको स्रोतको दाबी छ ।