बेलायतमा नेपाली कलाकार सम्मानित

बेलायतमा नेपाली कलाकार सम्मानित


रिडिङ, यूके । ‘कला र कलाकार राष्ट्रका गहना हुन् यिनको सम्मान गरौ’ भन्ने उद्देश्यका साथ स्थापना भएको नेपाली चलचित्र संघ यूके पहिलो वार्षिक उत्सब कार्यक्रममा अभिनेता ध्रुव दत्त, अभिनेत्री सब्रिन श्रेष्ठ, निर्देशन तथा निर्माता गोरे गुरुङ, यल बी सुब्बा र प्रेम लामा सम्मान प्रदान गरेको छ । रिडिङमा गत ८ जनवरीमा भएको उक्त कार्यक्रमलाई संघका अध्यक्ष प्र्म लामाले अध्यक्षता गरेका थिए । चलचित्र प्रेमीहरुको प्रशस्तै सहभागिता रहेको सो भेलामा स्थानीय कलाकारहरुबाट विविध रुपका प्रस्तुतिहरु गरिएका थिए जसमा कार्यक्रममा सम्मानित कलाकारले पनि आ-आफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । -ध्रुव,