अब अर्को क्रान्ति गर्नुपर्छ- शिरीष रानाभाट

अब अर्को क्रान्ति गर्नुपर्छ- शिरीष रानाभाट


इतिहास बन्यो नयाँ तर सामन्तवादमै अल्झ्यो देश
चिन्नै गाह्रो नेता धेरै, नक्कली मुकुण्डो छद्म भेष
अनुहार यिनको नङ्ग्याउन अगाडि हामी र्सर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

कुर्चीका लागि झगडा हुन्छ जनहितको काम गर्दैनन्
लोभी-पापीको जमात यो ढाँट्न-छल्न पछि पर्दैनन्
झुटा आश्वासन र फोस्रा नारादेखि टाढा पर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

गरिब होइन निमुखा होइन आफैं बन्ने होडमा छन्
सुविधाभोगी भ्रष्टाचारी देश डुबाउने मोडमा छन्
इन्कलाबको नारा घन्काई जागरणको ज्योति र्छर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

शोषण, दमन, कालो धन्दा, राजनीति नै बन्यो व्यापार
भोका नाङ्गा किसान मजदुर सहिरहेछन् अति अत्याचार
अन्याय र जालझेल रोक्ने नयाँ शङ्खघोष गर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

राष्ट्र खण्डित गर्नका लागि जसरी यहाँ सक्रिय छन्
देशभक्त नेपाली किन यस्तोबेला निस्त्रिmय छन् –
सातो लिन यी दुश्मनको अब अगाडि पर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

जात-जाति, भेष-भाषा, धर्म-संस्कृति अफिम बनाई
एकता र सद्भाव तोडी ‘बलियो बन्ने’ झुटो भनाइ
लठ्ठनिे होइन अब होशमा आई युद्ध मैदानमा झर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

देशप्रेम राष्ट्रभक्ति ठगिखाने मन्त्र बने
घृणा द्वेष बढ्दै जाँदा गुट-उपगुट संयन्त्र बने
‘नेपाली’ हो पहिचान हाम्रो भन्ने भाव भर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

प्रजातन्त्र छ भनिन्छ थिचोमिचो झन्-झन् बढ्यो
भाइ-बन्धु काटमारमा रक्तपिपासु मात चढ्यो
बर्बादीका सब जड त्यागी मिली जँघार तर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।

स्थिरता र शान्ति ल्याई देशको मुहार फेर्नुपर्छ
आफ्नो-बिरानो फरक नगरी मातृभावले हेर्नुपर्छ
स्वतन्त्र र सार्वभौम देशका लागि मर्नुपर्छ
साथी अब मिलौँ आऊ, अर्को क्रान्ति गर्नुपर्छ ।