लण्डन । अमेरिकी रक्षा मन्त्रालयका सचिव लिअन पानेटाले हिजो अर्को वर्ष, सन् २०१३ मा अमेरिकी सेना अफगानिस्तानबाट स्वदेश फिर्ता हुने कुरा बताएका छन् । संयुक्त राष्ट्र अमेरिका र नेटो राष्ट्रहरुले अर्को वर्ष अफगनिस्तानको युद्ध अभियानलाई समाप्त गर्ने कुरा उल्लेख गरेका छन् । यस अवधिभित्र शुरुमा अफगनिस्तानका सुरक्षाकर्मीहरुलाई कामको जिम्मेवारीसम्बन्धी प्रशिक्षण दिएर हस्तान्तरण गर्ने योजना रहेको कुरा बताएका थिए । पेन्टागानले भरखरै प्रकाश पारेको रिपोर्टलाई अमेरिकी रक्षा सचिव ब्रसेल्सतिर लाग्दा रिपोर्टरहरुलाई … हाम्रो लक्ष्य सन् २०१३ सालभित्र सबै सुरक्षाको जिम्मेवारी हस्तान्तरण गर्ने रहेको छ, अर्को सालको मध्यतिर युद्धसम्बन्धी प्रशिक्षण सबैलाई दिइसक्ने आशा लिएका छौं, त्यसपछि मात्र हस्तान्तरणतर्फ लाग्ने छौ… भनेका थिए । ओबामा प्रशासनले सन् २०१४ सालसम्म अफगनिस्तानको युद्ध समाप्त गर्ने प्रत्तिबद्धता जाहेर गरेको थियो तर यसलाई एक सालअघि नै अफगानिस्तानको सुरक्षा निकायलाई जिम्मेवारी सुम्पिदिने कुरा पानेटाले जाहेर गरेका थिए । यस सन्दर्भमा एक जना अमेरिकी प्रशासनिक क्षेत्रसँग संलग्न अधिकृतले … अझ पनि यस कुरालाई नेटो राष्ट्रका नेताहरुसँग छलफल गरेर मात्र निर्क्यौल गर्न सक्ने तर अहिले नै यो अन्तिम फैसला हो भनेर भन्न सकिन्न … भनेका छन् । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले अफगानिस्तानका राष्ट्रपति हामिद कारजाइसंग गत हप्ता शुक्रवारको दिन फ्रान्सेली सेना अब अफगनिस्तानबाट अर्को साल सबै फिर्ता गर्ने कुरा भनिसकेका छन् । अफगानिस्तानको सैन्यबल अहिले तीन लाख पाँच हजार पुगिसकेको छ । यस सालको अन्तसम्म तीन लाख बाउन्न हजारसम्म पुर्याउने योजना रहेको छ । यसैक्रममा एक लाखको हाराहारीमा अफगनिस्तानमा रहेको अमेरिकी सेनाको संख्या विस्तारै कम गर्दै स्वदेश वापस पठाउने क्रममा केवल ६६ हजार अमेरिकी सैनिक यस वर्षको अन्तसम्म अफगानिस्तानमा रहनेछ भन्ने लक्ष्य रहेको छ । साथसाथै अरु नेटो राष्ट्रहरुका ३८ हजार सेना पनि अमेरिकी सेनाहरुसंग रहनेछ । । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया