स्थानीय निर्वाचनका नतिजा आउने क्रम जारी : कांग्रेस अग्रपङ्क्तिमै (अपडेट)

स्थानीय निर्वाचनका नतिजा आउने क्रम जारी : कांग्रेस अग्रपङ्क्तिमै (अपडेट)


स्थानीय तहको तेस्रो निर्वाचनअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव ५ हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह ४ हजार ८ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले) का रामबाबु पंजियारले ४ हजार ७१ मत र राधादेवी यादवले ४ हजार १ सय ८९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँगे्रस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् ।

यसैगरी, मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । नगर प्रमुखमा एमालेका हरिनारायण महतोले ६ हजार ७ सय ४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेतले ६ हजार ६ सय ६५ मत ल्याई विजय भएकी छिन भने उनको निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मीनबहादुर जर्घा मगरले ६ हजार ३ सय ३८ मत ल्याएका थिए ।

यसैगरी, महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४ सय ७८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३ सय ९६ मत ल्याएर विजयी भएकी हुन ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याएका थिए । त्यसैगरी, एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार ३१८ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार २५२ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृत पोखरेल बताएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार ९६८ र निर्मलाकुमारी यादवले एक हजार ९९५ मत ल्याएका थिए । यसैगरी, सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । फोरमका दयानन्द गोइत दुई हजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले एक हजार ३२२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एक हजार ८०२ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गरेको छ ।

 यसैबीच, सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विजयशंकर यादवले जित हात पारेका छन् । यादवले पाँच हजार १३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याएका छन् । साहलाई काँग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठेका थिए । यसैगरी उपप्रमुखमा राजपाकी मीरा देवीले काँग्रेसकी रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी रीता कुसवाहाले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिए ।

यसैगरी, विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । पार्टीले बारामा पहिलो पल्ट खाता खोलेको हो । फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ र उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए । त्यसैगरी, उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी भएकी छिन भने उनकी निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याएका थिए ।

अहिलेसम्म नेपाली कांग्रेस २९ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १० तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र १५, संघीय समाजवादी फोरम १५, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १४ र नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन् ।

नेपाली कांग्रेस

१। औरही गाउँपालिका, धनुषा
२। जनकनन्दिनी गाउँपालिका, धनुषा
३। नवराजपुर गाउँपालिका, सिराहा
४। बिष्णुपुर गाउँपालिका, सप्तरी
५। धनकौला गाउँपालिका
६। करैयामाइ गाउँपालिका, बारा
७।परोहा नगरपालिका, रौतहट
८। बेल्ही चपेना गाउँपालिका, सप्तरी
९। रामनगर गाउँपालिका, सर्लाही
१० धनौजी गाउँपालिका, धनुषा
११।हरिपूर्वा नगरपालिका, सर्लाही
१२।क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
१३। बलवा नगरपालिका, महोत्तरी
१४। निजगढ नगरपालिका, बारा
१५। कल्याणपुर नगरपालिका, सिराहा
१६। लोहारपट्टी नगरपालिका, महोत्तरी
१७। चन्द्रपुर नगरपालिका, रौतहट
१८। फतुवा विजयपुर, रौतहट
१९। गढीमाई नगरपालिका, रौतहट
२०। बसबरिया गाउँपालिका, सर्लाही
२१। पर्सागढी नगरपालिका, पर्सा
२२ औरही नगरपालिका,महोत्तरी
२३ अग्नीसाइर कृष्णासवरण गाउँपालिका सप्तरी
२४।धनुषाधाम नगरपालिका, धनुषा
२५।राजदेवी नगरपालिका, रौतहट
२६। सिम्रौनगढ नगरपालिका, बारा
२७।राजपुर नगरपालिका, रौतहट
२८।दुर्गाभगवती गाउपालिका, रौतहट
२९।बृन्दाबन नगरपालिका, रौतहट

नेकपा एमाले
१। सप्तकोशी नगरपालिका, सप्तरी
२। बटेश्वर गाउँपालिका, धनुषा
३। मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४। पटेर्वा सुगौली गाउँपालिका, पर्सा
५। नरहा गाउँपालिका, सिराहा
६। सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा
७। सुखीपुर नगरपालिका, सिराहा
८।मिथिला विहारी नगरपालिका, धनुषा
९।लाहन नगरपालिका, सिराहा
१०। लालबन्दी नगरपालिका, सर्लाही

माओवादी केन्द्र
१। कर्जन्हा नगरपालिका, सिराहा
२।अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४।मोलापुर नगरपालिका, रौतहट
५। औरही गाउँपालिका, सिराहा
६। गौशाला नगरपालिका, महोत्तरी
७। मिर्चैया नगरपालिका, सिराहा
८। सम्सी गाउँपालिका, महोत्तरी
९। यमुनामाई गाउँपालिका, रौतहट
१०। छिपहरमाई गाउँपालिका, पर्सा
११। रामगोपालपुर नगरपालिका, महोत्तरी
१२। धनगढीमाई नगरपालिका, सिराहा
१३। सहीद नगरपालिका, धनुषा
१४। बागमती नगरपालिका, सर्लाही
१५।चक्रघट्टा गाउँपालिका, सर्लाही

संघीय फोरम
१। विष्णुपुर गाउँपालिका, सिराहा
२। भगवानपुर गाउँपालिका, सिराह
३। पर्सा गाउँपालिका, सर्लाही
४। पचरौता नगरपालिका, बारा
५। तिरहुत गाउँपालिका, सप्तरी
६। सोनमा गाउँपालिका महोत्तरी
७। गणेशमान चारनाथ नगरपालिका, धनुषा
८। देबाही गोनाही नगरपालिका, रौतहट
९। बिन्दबासिनी गाउँपालिका, पर्सा
१० । लक्ष्मिनियाँ गाउँपालिका, धनुषा
११।फेटा गाउँपालिका, बारा
१२।बोधीमाइ नगरपालिका, रौतहट
१३।माधवनारायण नगरपालिका, रौतहट
१४। बरियारपट्टी गाउँपालिका, सिराहा
१५। लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा

राजपा
१।हंशपुर नगरपालिका, धनुषा
२।कौडेना गाउँपालिका, सर्लाही
३।देवताल गाउपालिका, बारा
४।डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
६। ब्रह्मपुरी गाउँपालिका, सर्लाही
७।रुपनी गाउँपालिका, सप्तरी
८। मटिहानी नगरपालिका, महोत्तरी
९। परवानीपुर गाउँपालिका, बारा
१०।एकडारा गाउँपालिका, महोत्तरी
११ ।गौर नगरपालिका, रौतहट
१२ भङहा नगरपालिका, महोत्तरी
१३।बलरा नगरपालिका, सर्लाही
१४।गुजरा नगरपालिका, रौतहट

लोकतान्त्रिक फोरम
१। इशनाथ नगरपालिका, रौतहट
२।बिष्णु गाउँपालिका, सर्लाही
घ।विश्रामपुर गाउँपालिका, बारा

नेपाली जनता दल
१। कालिकामाई गाउँपालिका, पर्सा