कलैयाको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार कांग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले पाँच हजार २७५ मत ल्याएका छन् ।
उपप्रमुखमा कांग्रेसकी तारादेवी गुप्ता पाँच हजार ३७५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले चार हजार ५२२ मत ल्याएकी छिन् ।
यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेका डा. कृष्ण पौडेल र उपप्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित भएका छन् । डा. पौडेलले १४ हजार ८६५ र चौधरीले १४ हजार ४५९ मत हासिल गरेका छन् ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४६५ मत पाए ।
जितपछि प्रतिक्रिया दिँदै प्रमुख डा. पौडेलले सबै मतदाताको इच्छा र चाहनानुसार सहमति, सहकार्य र एकताका साथ राजनीतिबाट टाढा रही समृद्ध उपमहानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया