संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ७२ वर्षीय राजलाल यादव सिरहाको भगवानपुर गाउँपालिका– ३ को वडा सदस्य जितेका छन् ।
खसेको सदर मत एक हजार तीन सय ६८ मध्ये यादवले आठ सय ७२ मत प्राप्त गरेका भने उक्त वडामा फोरमकै हरिनारायण यादव नौ सय १८ मतसहित वडाध्यक्ष निर्वाचित भए ।
भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा पर्ने उक्त वडामा फोरमबाट महिला सदस्य हिराकुमारी यादव नौ सय ११ र दलित महिला सदस्य रेखादेवी राम नौ सय १६ मत प्राप्त गरी विजयी भएकी छन् ।
भगवानपुर गाउँपालिकामा फोरमबाट अध्यक्ष बेचनप्रसाद यादव, उपाध्यक्ष सीतादेवी यादवसहित १ र ३ मा वडाध्यक्ष जितेको छ र बाँकी रहेका २, ४ र ५ नं. को वडाध्यक्ष नेकपा एमालेको पोल्टामा गएको छ ।
जिसस प्रमुख बन्ने योजना तत्कालीन इनर्वा गाउँ पञ्चायतको अध्यक्ष, सिरहा जिल्ला विकास समिति सभापति हुँदै सिरहा क्षेत्र नं. २ को सांसद, विनाविभागीय मन्त्री भएका यादव पुनः एक पटक जिल्ला समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडासदस्य पदमा उठेको समाचार स्रोत बताउछ ।
प्रतिक्रिया