राजस्व संकलनमा केन्द्रीत हुन कर्मचारीलाई विभागको निर्देशन

राजस्व संकलनमा केन्द्रीत हुन कर्मचारीलाई विभागको निर्देशन


आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई राजस्व संकलनमा नै बढी केन्द्रित हुनु प¥यो भन्दै कमजोरीलाई पहिचान गरेर सुधारको बाटोमा अघि बढ्न निर्देशन दिएका छन् ।

उनले अहिले असुली भएभन्दा बढी असुल हुन नसक्ने स्थिति हो त भन्ने प्रश्न गदै हाम्रा प्रयासमा कहा“नेर कमी भयो, सोही ठाउ“मा केन्द्रित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । महालेखा परीक्षकको टोलीस“ग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न अन्तिम तहसम्मको कानुनी कारवाही गरी बक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरुलाई निर्देशन दिएका छन्।

महानिर्देशक कार्कीले बजार अनुगमनलाई वर्षैभरी निरन्तरता दिन सकिएमा यथार्थ मूल्यको बील जारी हुने र कर सहभागिता बढ्ने कुरा बताउदै बजार अनुगमन गर्ने टोलीको समेत कार्यालय प्रमुखले सुक्ष्म ढंगले अनुगमन गर्न निर्देशन दिए । अन्तःशुल्कजन्य वस्तुको कारोवारको अनुगमनलाई पनि जोड दिन निर्देशन दिदै नक्कली स्टीकरको प्रयोगमा संलग्नहरुलाई हदैसम्मको कारवाही गर्न समेत महानिर्देशक कार्कीले निर्देशन दिएका छन् ।

अनुशासन र सदाचारमा बढी ख्याल गर्न जोड दिनुहु“दै चाड पर्व मनाउ“दा र सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिन निर्देशन दिए । चाड पर्वको समयमा विदा हुने भएकाले कार्यालय सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गत आर्थिक वर्षमा कर बुझाएका करदाताले यस आर्थिक वर्षमा कर नबुझाएको देखिएकोले यसको कारण पहिचान गर्न निर्देशन दिए । अन्य सेवाको मुल्य अभिवृद्धि कर घट्नुको कारण विश्लेषण गर्नुपर्ने उनको भनाई थियो ।

आर्थिक वर्ष २०७४/७५ साउन र भदौ महिनाको राजस्व संकलन सम्बन्धी समीक्षा आन्तरिक राजस्व विभागले सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७ करोड ९१ लाख ३९ हजार रुपैयाँ रहेकोमा ३५ अर्व २७ करोड ३ लाख ४९ हजार रुपैयाँ संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको विभागले जनाएको छ । गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ १४ अर्व २३ करोड १७ लाख ११ हजार, मूल्य अभिवृद्धि कर १२ अर्व ८९ करोड ९६ लाख ८३ हजार र अन्तःशुल्क तर्फ ७ अर्व ७३ करोड २० लाख १६ हजार रुपैयाँ संकलन भएको विभागको तथ्याङकमा उल्लेख छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९७ प्रतिशत र अन्तशुल्क तर्फ १ सय ५ प्रतिशत रहेको दाबी विभागको छ । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १५ करोड ६५ लाख ८४ हजार र २५ करोड ३ लाख ६१ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत रहेको छ ।
विभागकालाई आर्थिक वर्ष २०७४÷७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।