खसीबोका बेचर दशैँ मान्ने धोको ! (फोटोफिचर)

खसीबोका बेचर दशैँ मान्ने धोको ! (फोटोफिचर)


  • विजय दमासे

वर्षदिनको चाड दशैँ , कसरी मान्ने सबैको चिन्ता छ । राम्रो खाने, राम्रो लगाउने सबैको इच्छा हुँदाहुर्दैपनि आर्थिक अवस्था कमजोर हुनेहरुलाई दशैँ दशा बन्ने गरेको छ ।

यहि बीच विशेषतः कृषि पेशामा रहेकाहरु दशैँ मान्न यतिबेला अनेकौँ उपायहरु अप्नाइरहेका छन् । कसैले अन्नपात बेचेर त कसैले वर्षदिनसम्म पालेका खसीबोका बेचेर दशैँका निम्ति आर्थिक जोहो गरेको देखिन्छ ।

यसक्रममा दशैँका निम्ति खसी बेच्न सिन्धुपाल्चोकबाट काठमाडौं आएका दलिराम विकले भने,‘ ७ वटा खसी पालेको थिए, यही बेच्न चारदिन भो काठमाडौंमा छु ।’

उनले तीनै खसी बेचेर दशैँ मान्ने तयारीमा रहेको बताए । यसरी उनी जस्तै खसी बेचेर दशैँ मान्नेहरुको सपना कंलकीमा खसि बेच्न बसेका धेरैको थियो ।

उनीहरुले अघिल्ला वर्षहरुमा पनि राजधानीमा खसी बेच्न ल्याएर दशैँ मान्ने गरेको बताए । सरकारका अनुसार अघिल्लो समयमा भन्दा राजधानीमा दशैँको बेला ६ गुणा मासुको खपत हुने गरेको छ ।

फोटो पत्रकार प्रविण श्रेष्ठले कलंकी खसीबजारमा खिचेको तस्बिर…