अपहरण गरेको अभियोगमा पक्राउ

अपहरण गरेको अभियोगमा पक्राउ


गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित प्रहरीले पक्राउ गरेको छ ।

मगर नारायणटारबाट अपहरणमा परेको भन्ने सूचना प्राप्त भए पश्चात् खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–३२ गैरीगाँउ, शारदा गेष्ट हाउसको छतबाट कैलाश बिकास बैंक लिमिटेडको कृष्णकुमार कार्कीको नाममा काटिएको ५ लाख रुपैयाँको चेक १ थान सहित उनीहरुलाई पक्राउ गरी मगरलाई प्रहरीले उद्धार गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।