डा.शशांक कोइराला नवलपरासीको पूर्वबाट उम्मेदवार बन्दै

डा.शशांक कोइराला नवलपरासीको पूर्वबाट उम्मेदवार बन्दै


नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई प्रतिनिधि सभा (संघीय सभा) को निर्वाचनमा नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।

डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो ।