दशैंमा सेनाको उपहार, निःशुल्क बस सेवा !

दशैंमा सेनाको उपहार, निःशुल्क बस सेवा !


नेपाली सेना भन्दा बित्तिकै एउटा छुट्टै गरिमा बनाएको निकाय । सोहि निकायले दशैंका दिन उपत्यकाभित्रका विभिन्न रुटमा सर्वसाधारणका लागी निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

असोज १४ गते टिकाको दिनभरी निःशुल्क बस सेवा संचालन गर्ने सैनिक मुख्यालयले जनाएका हो ।

भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु किर्तिपुर, कंलकी, काटीमाटी, त्रिपुरेश्वर हुदै रत्नपार्क, महाराजगंज, गौशाला, बौद्ध, जोरपाटी, स्यम्भु लगाएत उपत्यकाभरीका सडकमा निःशुल्क रुपमा बस सेवा संचालन गर्ने सैनिक मुख्यालयले जानकारी दिएको छ ।

त्यसैगरी सेनाले यसअघि असोज ५ गतेदेखि अष्टमीसम्म दशैंमा घर जानेहरु सेनाका परिवारलाई देशका विभिन्न स्थानमा निःशुल्क रुपमा घर पुर्याउँदै आएको छ ।

एक जना सैनिकको ४ जनालाई निःशुल्क रुपमा घर पुर्याईदिने काम सेनाले गर्दै आएको मुख्यालयले जानकारी दिएको छ ।