राज्य संयन्त्रहरुको राजनीतिकरण असामान्य : पूर्वराजा

राज्य संयन्त्रहरुको राजनीतिकरण असामान्य : पूर्वराजा


पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवशरमा एक विज्ञप्ती जारी गर्दै देशबासीलाई शुभकामना दिएका छन् ।

उनले देश शान्त, सूस्थिर र सम्मानित भएको हेर्ने सबैको चाहना भएपनि पुरा हून नसकेकोमा आफूलाई दुख लागेको ज्ञानेन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पूर्वराजाले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वाभिमान सहितको प्रगति नेपाली जनताले चाहेको बताउँदै देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुनु दुखद रहेको पूर्वराजाले बताएका छन् ।

उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएको भन्दै दलहरुको कडा आलोचना गरेका छन् ।

पूर्वराजाले भनेका छन्,‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं, राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हूनू आवश्यक भई सकेको छ ।’

पूर्वराजाले दुरगामी महत्वका राष्ट्रिय मूद्धाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनूलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भुमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पू-याउँछ ? भन्ने प्रश्न समेत गरेका छन् ।

उनले पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने अवस्था मुलुकमा निम्तिएको भन्दै दुखः समेत व्यक्त गरेका छन् ।

विज्ञप्तिसहित