गुन्जियो चचहुई….चचहुईको अवाज !

गुन्जियो चचहुई….चचहुईको अवाज !


  • विजय दमासे

राजधानीमा लिङ्गे–पिङहरु मच्चिन थालेका छन् । पिङ मच्चिएका स्थानहरुमा चचहुई….चचहुईको अवाज चर्को रुपमा सुन्न सकिन्छ ।

वर्षमा एक पटक धर्ती नटेक्नु भन्ने मान्यताका कारण दशैंमा पिङ एक पटक भएपनि खेल्नुपर्ने मान्यता रहिआएको छ ।

कतिपए ठाउँमा केटाकेटीको रहर पुरा गरिदिन पिङ हालिएका छन् भने कतिएप ठाउँमा व्यवस्थित रुपमा युवा र प्रौढहरुको समेत रहर पुरा हुने गरि पिङ हालिएका छन् ।

अनामनगर, बानेश्वर, कोटेश्वर, कृर्तिपुर, कालिमाटी, चाबहिल लगायतका स्थानमा दशैंको अवसरमा राखिएका पिङहरुमा केटाकेटी, युवायुवती रमाएको देखिन्छ ।

 

 

 

यता गाउँघरमा भने घटस्थापना अघि देखि नै अग्ला ठाउँहरुमा हालिएका पिङहरु कोजाग्रस्त पूर्णिमा पछि सम्म पनि खेलिने गरिन्छ । सफा मौसमले टाढा टाढासम्मका दृष्याहरु पिङ मच्चाउदै हेर्दाको आनन्द वेग्लै हुन्छ । मनोरञ्जनको एउटा पक्ष हो दशैंको पिङ खेल्ने चलन ।

दौतरी र इष्टमित्रहरुको जमघटका लागि पनि पिङ हालिएको स्थान प्रभावकारी मानिन्छ । पिङ मच्चाउदै कहिं हिमाली दृष्य त कतै तराईका फाँटहरुको दृष्यावलोकनको मज्जा लिनु दशैंको पिङको विशेषता हो । यस वर्ष मौसम सफा भएकाले पिङ खेल्नेहरु मज्जाले रमाइरहेको देखिन्छ ।

दशैको पिङमा सबै जातजाति अटाउछन्, भेदभाव–छुवाछुत चल्दैन । जागिर, व्यापार वा पढाइले गर्दा काठमाडौंमा बस्ने अरु जिल्लाका मानिसहरु दशैमा घर र्फर्कंदा पिङ खेल्ने रहरलाई बलियोसंग सगालेर जानेगरेका छन् ।

दशैको बेला खदिलो भोजन र मासुका परिकारले अघाएका मानिसहरु खाना पचाउन पनि पिङ खेल्नु अत्यान्तै राम्रो भएका चिकित्सकहरु बताउछन् ।