विदेशी मुद्रासहित एक चिनियाँ पक्राउ

विदेशी मुद्रासहित एक चिनियाँ पक्राउ


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।