प्रहरी प्रधान कार्यालयमा ‘विशेष पूजा’ (फोटो फिचर)

प्रहरी प्रधान कार्यालयमा ‘विशेष पूजा’ (फोटो फिचर)


दशैँको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा ‘विशेष पूजा’ गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दशैंका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत उपस्थित प्रहरीकर्मचारीहरुले टीका तथा प्रसाद ग्रहण गरि मौलो परिक्रमा गर्नुका साथै एक आपसमा शुभकामना समेत आदन प्रदान गर्नु भएको थियो ।

नेपाल प्रहरीको निशान, रामदल पल्टनबाट आएको हो र यसमा अघिल्लो र पछिल्लो गरि दुई निशान हुन्छ जसलाई अ.नि र प.नि पनि भन्ने गरिन्छ ।

नेपाल प्रहरीलाई देश र जनताको शान्ति सुरक्षा, अमन चयन कायम राख्ने जस्तो संवेदनशिल एवं महत्वपुर्ण कार्यमा सफलता प्राप्त गर्न शक्ति प्राप्तिकालागि शक्तिपिठ र ईष्ट देवताको प्रतिकको रुपमा निशान झण्डालाई लिईन्छ ।

संगठनको कार्य सम्पादनमा कुनै अनिष्ठ नहोस, सम्पुर्ण कार्यमा सफलता प्राप्त होस भनि निशान झण्डालाई पुजा गर्ने परम्परा रहेको छ ।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।

फोटो फिचर