बर्षमा आउने बडा दशैं यतिबेला धुमधामसँग सबैले मनाइरहेको अवस्था छ । आजको दिनमा शुभ साइत पारि घरका मुल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि स-परिवार नातेदार कहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन्।
टीका लाउँदा दिने आशिषः-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।
‘आवाहनं नजानामि नजानामि विर्जसनम्।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।
अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ।
अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।
विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुना-कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ ।
सिक्किम सहित भारतका उत्तर-पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागालैंड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादूनमा यो पर्व विभिन्न रूपमा मनाइन्छ ।
विजय पर्व
दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ।
हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेको छ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ।
भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय-प्रस्थान गर्दथे।
रावणलाई मार्दै रामको चित्रण
यस पर्वलाई भगवतीको ‘विजया’ नाममाथि पनि ‘विजयादशमी’ भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई ‘विजयादशमी’ भनिन्छ।
यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ‘विजय’ नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो।
यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दुर्योधन ने पाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो।
यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए।
जब गोरक्षाको लागि विराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए।
विजयादशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा शमीको पूजा यसै कारण भएको हो।
प्रतिक्रिया