प्रदेश सभा र संघीय संसदका लागि नाम सिफारिस

प्रदेश सभा र संघीय संसदका लागि नाम सिफारिस


झापा । नेपाली कांग्रेसले झापा क्षेत्र न.१ बाट आगामी संघीय संसद र प्रदेश सभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।

क्षेत्रीय समितिको गत बुधबार सम्पन्न बैठकले संघीय संसद र प्रदेश सभाका लागि उम्मेदवारहरूको नाम जिल्ला समितिलाई सिफारिस गरेको कांग्रेस क्षेत्रीय सचिव खड्गबहादुर धिमालले जानकारी दिनुभयो ।

सचिव धिमालले दिएको जानकारीअनुसार कांग्रेसले संघीय संसदका लागि विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश सभाका लागि झापा क्षेत्र नं.–१ ‘क’ को उम्मेद्वारका लागि सांसद उषा गुरुङ, कांग्रेस जिल्ला उपसभापति राम कट्टेल र जिल्ला कोषाध्यक्ष केशबराज पाण्डेको नाम सिफारिस गरेको क्षेत्रीय सचिब धिमालले जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्र ‘ख’ का लागि कांग्रेस महासमिति सदस्य तथा अधिवक्ता अशोक कुमार पोखरेल, जिल्ला सचिब प्रेम सम्बाहाम्फे र महिला नेत्री झुनादेवी बानियाँको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति मणीकुमार उप्रेतीको अध्यक्षतामा बसेको क्षेत्रीय समितिको समानुपातिक उम्मेद्व्वारका रुपमा याम भण्डारी, टेकबहादुर लिम्बु, खड्गबहादुर धिमाल, गोमा भट्टराई, लोकराज ढकाल र भुमादेवी घिमिरेको नाम सिफारिस गरेको सचिव धिमालले जानकारी दिनुभयो ।

आगामी मंसिर–२१ गते हुने संघीय संसद र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले असोज – १७ गते भित्र गाउँ नगरले जिल्ला समिति समक्ष नाम सिफारिस गर्नुपर्ने केन्द्रीय समितिले परिपत्र गरेको कांग्रेस स्रोतले जनाएको छ ।