‘बार्गेनिङ पावर’ बढाउँदै माओवादी !

‘बार्गेनिङ पावर’ बढाउँदै माओवादी !


सत्तारुढ दल माओवादीले आफ्नो ‘बार्गेनिङ पावर’ बढाउँदै प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेसँग संवाद र सहमतिको द्वार खुला राख्ने भएको छ ।

दुई वमपन्थी दल बीचको तिक्तता अन्त्य गर्दै प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गर्न एमालेले माओवादीसँग प्रस्ताव गर्ने निर्णय बाहिरिएसँगै माओवादीले कांग्रेससँगको बार्गेनिङ्लाई बढाउदै लैजाने रणनीति बनाएको हो ।

माओवादीले तत्काल कांग्रेससँगको सहकार्य भङ्ग नगर्ने तर बार्गेनिङ् गर्दै जाने रणनीति लिएको समाचार स्रोतहरु बताउछन् । माओवादी स्रोत भन्छ,‘कांग्रेससँगको सहकार्यता तत्कालिन अवस्थानमा भङ्ग हुने संम्भावना छैन, यो गठबन्धन प्रदेश र प्रतिनिधि सभा चुनावसम्म जिवितै रहिरहन्छ ।’

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले सानादललाई समेटेर बनाएको गठबन्धन उपयोगी हुन नसकेको र एमाले भन्दा कांग्रेससङ्ग गठबन्धननै माओवादीका लागि लाभकारी हुने ठहर माओवादी नेताहरुले गरेका छन् । त्यसैले एमालेसङ्ग समेत बार्गेनिङ् गरेपनि माओवादीले सहकार्य चाहीं काङ्गेससङ्गनै कायम राख्ने देखिएको छ ।

तर काङ्ग्रेससङ्ग बढि भन्दा बढि लाभ लिनका लागि एमालेसङ्ग पनि संवादको प्रक्रिया भने माओवादीले जारी राख्ने भएको छ । गतसाता मात्र माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच विशेष वार्तालाप भएको छ । वार्तामा बामपन्थी गठबन्धन हुनुपर्नेमा दुवै नेताहरुले जोड दिएका थिए ।

स्मरणीय छ, काङ्ग्रेस, माओवादी, राप्रपा र मधेशकेन्द्रीत समुहबीचको सहकार्य र एकता एमाले विरुद्ध लक्षित छ र अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि यही गठबन्धनको पक्षमा भएको हुनाले प्रचण्ड या केपी ओलीले मात्रै चाहेका आधारमा विद्यमान गठबन्धन टुट्ने सम्भावना भने कमै मात्र छ ।

जेहोस्, स्थानीय चुनाव परिणामले माओवादीलाई देशको तेस्रो शक्तिको रुपमा स्थापित गरेको छ र, दुई प्रमुृख दलहरुसङ्ग बार्गेनिङ् गर्ने र बढि लाभ लिएर कुनै पनि पक्षसँग सहकार्य गर्ने हैसियतमा भने माओवादीलाई पु-याईदिएको छ ।