निर्वाचन आयोगले चुनावको तयारी तीब्र बनायो

निर्वाचन आयोगले चुनावको तयारी तीब्र बनायो


निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा चुनावका निम्ति आफ्नो तयारीलाई तीब्र बनाएको छ ।

आयोगका अनुसार निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम आजबाट सुरु गरेको छ ।

प्रवक्ता नवराज ढकालका अनुसार आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १ करोड ८० लाख हाराहारीमा मतपत्र छाप्न लागेको हो ।

मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिईएको छ । आगामी कात्र्तिक ५ गते सम्म समानुपातिक तर्फको मतपत्र छापिसक्ने गरी केन्द्रलाई जिम्मा दिईएको छ ।

यसैबीच निर्वाचन आयोगले संघ र प्रदेशसभा निर्वाचनका लागि बुधबारसम्ममा निर्वाचन अधिकृत नियुक्त गर्ने भएको छ ।

निर्वाचन हुने १ सय ६५ निर्वाचन क्षेत्रमा एक–एक जनाका दरले निर्वाचन अधिकृत नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।