२३ घण्टापछि बर्दियामा लागेको कर्फ्यू हट्यो

२३ घण्टापछि बर्दियामा लागेको कर्फ्यू हट्यो


बर्दिया सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कर्फ्यू २३ घण्टापछि हटाइएको छ ।

आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कर्फ्यू लगाइएको थियो ।

कर्फ्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।