एमाले– माओवादी केन्द्रबीचको कार्यगत एकता घोषणा सभा आज साँझ ५ बजेलाई तय गरिएको छ ।
माओवादी केन्द्रको सचिवालयले जारी गरेको सुचनामा कार्यगत एकता घोषणा सभा राष्ट्रिय सभा गृहमा हुने भएकाले एमाले–माओवादी कार्यकर्तालाई सो कार्यक्रममा उपस्थितका निम्ति अह्वान गरिएको छ ।
केही बेर अघि एमाले–माओवादीका नेताहरु छलफलमा जुटेका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहेका थिए ।
छलफलमा पाटी एकता संयोजन समिति गठन गर्न दुई दलबीच सहमति भएको र कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे गर्ने निर्णय भएको बुझिएको छ ।
दुई पार्टी बीचको एकता घोषणा सभा भने आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन पछि गर्ने सहमती भएको उच्च स्रोत बताउछ ।
प्रतिक्रिया